Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिका, १५ दिन देखी प्रमुख कार्यकारी अधिकृत विहीन !

बुर्तिवाङ २०७६ कात्तिक १८ । ढोरपाटन नगरपालिका १५ दिन देखी प्रमुख कार्यकारी अधिकृत विहीन बनेको छ । प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पोखरेल भ्रष्टाचार काण्डमा निलम्बित भएपछी नगरपालिका झण्डै १५ दिन देखी प्रमुख विहीन बनेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय बाराका तत्कालीन जिल्ला शिक्षा अधिकारी पोखरेल सहित ६ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछी उनी निलम्वनमा परेका हुन् ।

बाराको साबिक खोपवा गाविस ८ को जनजागृति नेपाल राष्ट्रिय प्राविलाई भवन निर्माण नहुँदै नापी किताव र कार्य सम्पन्न प्रतिवेदन विना नै रु १,३९,९६२ । बढी भुक्तानी गरेको आयोगले जनाएको छ । आयोगले डेढ वर्ष कैद र विगो बराबर जरिवाना गर्न माग दावी गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments