माधब खरेल,
मानव सभ्यता विकासको क्रमसँगै विभिन्न जात जाती, भाषा र भुगोलमा आ–आफ्नै प्रकारका सँस्कार र सँस्कृतिको विकास भएको पाइन्छ । कुनै निश्चित भुगोलमा मात्र मनाइने पर्वहरुलाई स्थानिय पर्व भन्न सकिन्छ । यस्तै पर्व मध्येको एक पर्व हो न्वागी पर्व । बागलुुङ जिल्लाका स्थानिय तहहरुमध्ये बडीगाड गाउँपालिकाको केन्द्र रहेको वडा नं ५ ग्वालीचौरमा धेरै पहिले (सोह्रौँ शताब्दि) देखि मनाइदै आएको पर्व हो न्वागी । न्वागी पर्वको विशेषता नयाँ अन्न सँग सम्वन्धित छ । नयाँ अन्नबाट न्वागी भएको अनुमान गर्न सकिन्छ ।
नेपालमा वाइसे चौविसे राज्य सन्चालनमा रहेको बेला इस्मा राज्य अन्तरगत गुल्मीको तत्कालीन अमराई गाविस र बागलुङको साविक ग्वालीचौर गाविस (पहिले गुल्मी) लाई ८० कुरिया पौदी नामाकरण गरिएको रहेछ । यस पौदी क्षेत्रको उर्वरभुमीका रुपमा रहेका अमरार्इको अरेवा र ग्वालीचौरको दागाचौर, ताल, ठुलाखेत, रिखेटारी, खौलार, जोगीवगर छम्तुङ जस्ता फाँटमा धानको राम्रो खेती हुने गर्छ । यहाँका बासिन्दाहरु कात्तिक महिनामा शुभसाइत हेरेर धानको मुठी लिने काम गरिन्छ र मँसिर महिनामा शुभ साइतमा नयाँ चामल न्वागी खाने गरिन्छ । नयाँ चामललाई दही केरामा भिजाएर शुभ साइतमा शुभ दिशातर्फ फर्केर नयाँ अन्न (न्वागी) खाने गरिन्छ । पौँदेलीहरुले जडन धानको चामललाई दही, चीनी (मह), तील, केरा आदि मिसाएर तयार पारिएको न्वागी आफ्नो परम्परा अनुसार पूजा गरी तोकिएका समयमा तोकिएको दिशामा फर्किएर न्वागी ग्रहण गर्छन भने ईष्टमित्र, छरछिमेकी, नातापातालाई निम्तागरी सबैलाई खुवाउछन् ।न्वागी खाने समयमा पन्चेबाजाको बढाई गरेर सुरु गरिन्छ । न्वागी मंसिर महिनाको १ देखि ५गते भित्रमा खाने गरिन्छ । यो नै न्वागी पर्वको विशेषता हो ।
पहिले पहिले न्वागीको मेला ग्वालीचौरको दागाचौर फाँटमा लाग्थ्यो । न्वागी खाँदाको दिन साँझ खारमा जम्मा हुने र अर्को दिन बिहान दागाचौर फाँटमा मेला लाग्ने गथ्र्यो । मेलामा सुन्तलाको मुख्य व्यापार हुन्थ्यो । २०४६को परिवर्तनसँगै मेला खारबजारमा सारिएको हो । २०४६को परिवर्तनसंगै न्वागी राजनैतिक शक्ति प्रदर्शनको रुपमा रहन थाल्यो । न्वागीको अवसर पारेर विभिन्न राजनैतिक दलहरुले आ-आफ्ना आमसभा, सांकृतिक कार्यक्रम गर्ने पर्वको रुपमा न्वागीलाई प्रयोग गर्न थालियो । यहा कम्युनिष्ट नेताहरु झलनाथ खनाल, बामदेव गौतम, मोदनाथ प्रश्रीत, कृष्णगोपाल श्रेष्ठ, शान्ता मानवी, गोल्छे सार्की लगायतका नेताहरु र नेपाली काग्रेसका मनमोहन भट्टराई, चन्द्र भण्डारी, त्रैलोक्य प्रताप सेन लगायतका नेताहरु यहा भाषण गर्न पुगेका छन् । मसाल निकट रक्तिम सास्कृतिक परिवारले पनि कार्यव्रम गर्ने गर्थे । राजनीतिको अखडा बन्न थाले पछि यहाका समाजसेवी एवम् जागरुक युवाहरुको सकृयतामा युवा क्वल गठन गरी मेला व्यवस्थापन गर्न थाले पछि न्वागी पर्व १ दिनको ठाउमा ३/४ दिन चल्न थाल्यो । यहाँको लोकप्रिय भलिवल खेल लगायत विभिन्न स्थानिय खेलहरु र साँस्कृतिक कार्यव्रmम गरेर युवा क्लवले पर्व संचालन गर्न थालेको हो ।
जनयुद्धको समयमा केहि सुस्ताउदै आएकोमा २०६३ सालको परिवर्तनसंगै न्वागी पर्व बिस्तार र बिकसित हुदै गएको छ । अहिले न्वागी पर्व जिल्लाकै एउटा चिनारीको रुपमा रहेको छ । न्वागी संचालनको लागी गाउपालिकाले समेत बजेट छुट्याउने गरेको छ । यहाँ खुल्ला भलिवल कार्यव्रmम खुल्ला कविता वाचन, गाउँपालिका अध्यक्ष कप राष्टि«य कराते प्रतियोगिता खुल्ला दोहरी गीत प्रतियोगिता जस्ता कार्यक्रमहरु गरेर न्वागी पर्व मनाउन थालिएको छ । न्वागी पर्वमा बुटवल पोखरा देखि आफ्नो व्यापार गर्न व्यापारीहरु जाने गर्छन । यसरी नयाँ अन्नलाई पुजागरी खाने पर्व नै न्वागी पर्व हो । यस वर्षको न्वागी मंसिर १ गते रहेको छ ।
तस्वीर सौजन्य: शिव घिमिरे, ग्वालिचौर ।
लेखक सन्चारकर्मी हुन् ।
खार ग्वालिचौर, २०७६ कात्तिक १९ ।