Sorry, that menu does not exist.
 

राष्ट्रिय जनमोर्चाबाट खिमबिक्रम शाही चुनावी मैदानमा, काँग्रेसबाट जीत शेरचनको संभावना बढी !

बुर्तिवाङ २०७६ कात्तिक १९ । आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा बागलुङ २ ख बाट प्रदेश सभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट खिमबिक्रम शाही उमेदार चयन भएका छन् । राजमोले शाही, धर्मबहादुर कुँवर र श्रीमती सुनमायाँ घर्तीको नाम सिफारिस गरि पठाएको थियो । राजमो केन्द्रिय कार्यालयले आज जारी गरेको राजमो अध्यक्ष चित्रबहादुर केसीव्दारा हस्ताक्षरित विज्ञप्तीमा बागलुङ २ ख मा शाहीलाई उमेदवार तोकिएको छ ।

काँग्रेसका संभावित उमेदवार शेरचन तथा समाजबादी पर्टीका उमेदवार बिक ।
नेकपाले राजमोलाई सहयोग गर्ने भएपछी शाहीको उमेदवारीलाई विशेष चासोका साथ हेरिएको छ । अघिल्लो निर्वाचनमा यस क्षेत्र ख बाट बाम तालमेलबाट राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए । उनको उपचारका क्रममा भारतको दिल्ली स्थित एपोलो अस्पतालमा निधन भएपछी पद रिक्त भएको थियो । नेकपासंगको तालमेल पछी राजमो कार्यकर्ताहरु उत्साहित देखिएका छन् ।

उता नेपाली काँग्रेसले आफ्नो उमेदवार को भन्ने अझै टुंगाएको छैन । पछिल्लो चर्चा अनुसार अघिल्लो चुनाव लडेका जीत शेरचनलाई नै काँग्रेसले लडाउन निश्चित भएको काँग्रेस कार्यकर्ताहरु बताई रहेका छन् । क्षेत्रिय अध्यक्ष दोर्णकुमार कुँवारको नामपनि चर्चामा रहेको छ । शेरचन सिटौल पक्षधर मानिन्छन् भने कुँवर देउवा पक्षधर मानिन्छन ।
यसैवीच समाजवादी पार्टीबाट अशोक विक उमेदवार बन्ने भएका छन् ।
यो लिंकपनि पढौँ
उप–निर्वाचनमा आफ्नै उम्मेदवार उठाएर जिताउने नेकपाको दाबी !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

12 Comments