बागलुङ २०७६ कात्तिक १९ । गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा भएका प्रगतीको बारेमा बागलुङ नगरपालिकाले समीक्षा गरेको छ । समीक्षामा नगर भित्रका स्वास्थ्य संस्थामा गत आ.व. २०७५।०७६ मा भएका गतिविधि र सूचकका बारेमा छलफल गरिएको थियो ।
दुई दिन सम्म संचालिन समिक्षा समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरले स्वास्थ्यका कुनै पनि गतिविधिको मुल्याङन गर्ने माध्यम भनेकै सुचकहरु भएको बताए । उनले स्वास्थ्य क्षेत्रको विकासका निम्ती नगरपालिकाले ठुलो लगानी गरेको हुँदा यसको प्रतिफल पनि राम्रो हुनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गुरौले स्वास्थ्य क्षेत्रको प्रगतीको लागि स्वास्थ्यकर्मीहको महत्वपूर्ण भुमिका हुने बताए ।
कार्यक्रममा बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी, धौलागिरी अस्पतालका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनाल, नगरपालिकाका लेखा अधिकृत जब्बर बहादुर भण्डारी, तित्याङ स्वास्थ्य चौकीका सिनियर अहेब नारायण पौडेल लगायतल मनव्य दिएका थिए ।
्
नगरपालिकामा गत दुई वर्षमा खोप कार्यक्रम र सुरक्षित मातृत्व कार्यक्रममा उल्लेखनीय प्रगती भएको भेटिएको छ ।
कार्यक्रम नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब सोमराज पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।