कौरव खत्री, गुल्मी २०७६ कात्तिक १९ । गुल्मी मुसिकोटको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको निर्माधिन चारकोठे पक्की भवनको अवलोकनको क्रममा आएका जापानी दुततावासका कार्यक्रम व्यवस्थापक नारुओ कात्तलाई भव्य स्वागत गरिएको छ ।
मुसिकोट नगरपालिका २ मुसिकोट देउराली स्थित रहेको विद्यालयले नेपालका लागि जापानी दुततावासका कार्यक्रम व्यवस्थापक नारुओ कात्तेले विद्यालयमा निर्माणधिन पक्की ४ कोठे भवनको अवलोकन तथा निरिक्षण गरेका हुन । विद्यालयको ४ कोठे पक्की भवन निर्माण गर्नका लागि जापान सरकारले ८५ लाख, ८३ हजार आर्थिक सहयोग गरेको छ ।
भवन अवलोकनको क्रममा बोल्दै मसिकोट नगरपालिका २ का वडाध्यक्ष लक्षमण खत्रीले विद्यालयको विकासका लागि सबैको प्रयास हुनु पर्ने भन्दै विद्यालय विद्यार्थीहरुको घर भएकोले यसमा सबै जिम्मेवार बन्न आग्रह गरे ।
सोही कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महतले विद्यालयको बारेमा चर्चा गदै विद्यालयको लागि भवन सहयोग गर्ने जापान सरकारलाई विशेष धन्यवाद दिए ।
सोही अवसरमा मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य गोविन्द्र नेपाली, विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष बल बहादुर कार्की, गंगा प्राविका प्रधानाध्यापक कौरव खत्री, समाजसेवी दोर्ण नेपाली लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक संघका पदाधिकारी,शिक्षक स्टाफ,अभिभावक,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका बरिष्ठ सदस्य कोपिला घिमिरेको अध्यक्षता नेपालका लागि जापान राजदुतावासका कार्यक्रम व्यस्थापक नारुओ कात्तको प्रमुख आतिथ्यता तथा विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महतको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले गरेका थिए ।
यसैवीच जापानी दूतावासका कार्यक्रम व्यवस्थापक नारुओ कात्तले मुसिकोट नगरपालिका २ मुसिकोट रातचौरमा स्थित गंगा प्राथमिक विद्यालयको अवलोकन गदै विद्यालयलाई पुस्तकालय र शौचालयको क्षेत्रमा सहयोगका लागि पहल गर्ने बताए ।
कार्यक्रममा व्यवस्थापक नारुओ कात्तलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खत्री र विद्यालयका प्रधानाध्यापक कौरव खत्रीले सम्मान गरेका थिए ।