Sorry, that menu does not exist.
 

आज हिरिबोधनी एकादशी, तुलसीको बिबाहको दिन : कालीगण्डकीमा तोरण तार्ने प्रचलन लोप हुँदै !

कुसुम थिङ, बागलुङ २०७६ कात्तिक २२ । असार शुक्ल एकादशीका दिन आफ्ना घरागनमा रोपिएको तुलसीको विरुवालाई आज कात्तिक शुक्ल पक्षको हरिवोधिनी एकादशी अर्थात ठुली एकादशीको पावन दिनमा हिन्दुहरुले तुलसीको मठमा विशेष पूजा गरेर तुलसीको विवाह गरेर मनाउने प्रचलन रहेको छ ।

आजको दिनमा ब्रत बसेर भगवान विष्णुको पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ । व्रतालुहरुले आज तरुल, पिँडालु, सखरखण्ड, सातु, पाकेको फर्सी खाने प्रचलन रहेको छ ।

ठुली एकादशीकै दिन बागलुङ सदरमुकाम स्थित कालीगण्डकी निरहे घाटमा बाबियाको डोरीमा फुलहरु उनेर बनाईएको लामो तोरण (माला) तारेर भगवानको पूजा गरिन्छ । केहि वर्ष पहिले सम्म आजको दिन जिल्लाका विभिन्न भागहरुबाट श्रद्धालुहरुले बाजागाजाका साथ डोलीमा राखेर ल्याएको तोरण कालीगण्डकी वारपार टाँगिने प्रचनल शनै शनै लुप्त हुँदै गएको छ । हरिवोधनी एकादशीको अघिल्लो राति निरहेमा .ठुलो मेला लाग्ने गर्दथ्यो, तारेण तार्ने भक्तजनहरु अघिल्लो रातमै आएर निरहेमा बसेर भजनकीर्तन गर्ने र बिहानै तोरण तार्ने गरिन्थ्यो तर पछिल्लो समय यो प्रचलन हराउदै गएको छ ।

उता ताराखोला गाउपालिका ३ साविक हिल गाविसमा स्थानीय त्रिशुली युवा क्लबले हरिवोधनी एकादशी मेलाको आयोजना गरी आज विहान त्यहा रहेको त्रिशुली नदीमा तोरण तारेर हरिबोधनी एकादशी मनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !