Sorry, that menu does not exist.
 

कुनै हालतमा उमेदवारी फिर्ता नलिने नेकपाका बागी उमेदवार घर्तीको उद्घोष !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ कात्तिक २२ । मँसिर १४ गते हुने उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दिएका नेकपा नेता शेरमान घर्तिमगरले बिहिबार मनोनयन दर्ता गराएसँगै चुनाव प्रचार अभियानलाई तीब्रता दिन बुर्तिवाङ आईपुगेका छन् ा

उनले रेडियो ढोरपाटनसंग कुरा गर्दै आफुले जुनकुनै हालतमा आफनो उमेदवारी फिर्ता नलिने प्रष्ट पारे । माथिल्लो तहका नेताबाट आफु र आफुलाई समर्थन गर्ने कार्यकर्तालाई चर्काे दबाब आईरहेको बताउदै उमेदवारी फिर्ता नलिए कार्वाहि हुने सम्मको दबाब आइरहेपनी आफुले जनताको हक अधिकारका निम्ती उमेदवारी दिएको बताउँदै जसरी पनी निर्वाचन लडेरै छोड्ने बताए । आफुले निर्धक्क चुनाब जित्ने र जनताको हक अधिकारको निम्ती आफनो लडाई भएका कारण पनी निर्वाचनमा होमिने उनको भनाई थियो ।

लामो समयसम्म राष्ट्रिय जनमोर्चामा रहेर नेकपा माओबादी पार्टी हुँदै हाल नेकपामा रहेका नेता घर्तीले आफुले राजमोमा धेरै समय विताएको स्मरण गर्दै त्यसपार्टी प्रति चित्त नबुझेर नेकपामा आएको हुँ सँघियता नचाहने, पार्टीलाई भोट हाल्न आफनो मनले नमानेका कारण आफुले उम्ेदवारी दिएको बताए ।

मुख्य गरी जनमत सँग्रह अनुसार बागलुङलाई खण्ड गराई पश्चिम क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र जनताका हक अधिकार सुनिश्चत गर्न आफनो उमेदवारी रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

32 Comments