Sorry, that menu does not exist.
 

राजभण्डारीको अध्यक्षतामा नेपाल हाइकु अध्ययन केन्द्र गठन !

कोेपीला कंडेल, बागलुङ २०७६ कात्तिक २३ । बागलुङ जिल्लामा क्रियाशील हाइकु लेख्ने साहित्यक सर्जकहरूको भेलाले नेपाल हाइकु अध्ययन केन्द्र (नेहा)जिल्ला तदर्थ समिति गठन गरेको छ ।

भेलाले राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लाल थापा ऋतुम्वरा, सचिवमा धनप्रसाद पुन, सहसचिवमा गोविन्द प्रसाद आचार्य र कोषाध्यक्षमा बिष्णु बैरागी मगर रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरूमा ताराप्रसाद शर्मा स्टार, राजेन्द्र ढकाल, कुमार शिरीष र तनमती रोका रहेका छन् । समितिको संरक्षकमा रामकुमार पाँडेलाई राख्ने निर्णय गरेको छ ।

कार्यक्रममा धन प्रसाद पुन ताराप्रसाद शर्मा स्टार यादव पौडेल गोविन्द प्रसाद आचार्य कुमार शिरीष बिष्णु बैरागी मगर तनमती रोका लगायतले समसामयिक सन्दर्भलाई लिएर हाइकु सुनाएका थिए ।

कार्र्यक्रम हार्ईकु लेखक राजेशचन्द्र राजभण्डारीको अध्यक्षता धनप्रसाद पुनको स्वागत मन्तव्य र पत्रकार कोपीला कडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !