पूर्णभद्र निउरे, ताराखोला २०७६ कात्तिक २४ । ताराखोला सामुदायिक जलविद्युत लिमिटेडका सरोकारवालाहरुको भेला शनिवार सम्पन्न भएको छ । भेलाले ताराखोला जलविद्युत लिमिटेड द्वारा बितरित बिद्युत प्रसारण लाइन र बिद्युत सङ्ग सम्बन्धित बिबिध बिषयमामा निर्णय गरेको छ ।
भेलाले बिबिध कारणले बिद्युतिकरण हुन बाकी टोल बस्ती मा तत्काल बिद्युत पुर्याउने, नियमावली संशोधन गर्ने , ताराखोला सामुदायिक जलविद्युत उपभोक्ता समितीको नाममा रहेको शेयरलाई कम्पनीको नामबाट जारी गर्ने सामान्य छलफल पछि सर्बसम्मत निर्णय गरेको अध्यक्ष धन बहादुर बिकले जानकारी दिए ।
भेलाले स्मार्ट मिटर र न्युनतम शुल्क बारे पनि निर्णय गरेको छ । आज सम्पन्न भेलाको निर्णय अनुसार न्युनतम मासिक शुल्क यस अघि भएको निर्णयलाई परिमार्जन गर्दै न्युनतम शुल्क मासिक २ सय र प्रती युनिट ८ रुपैया निर्धारण गरिएको बोर्ड समितिका सदस्य नरेश केप्लिे जानकारी दिए । शुल्कको बारेमा टुंगो नलाग्दा साउन देखि बिद्युत उत्पादन भै बितरण भएपनि महशुल उठाइएको थिएन ।
त्यसै गरि भेलाले सिमित अबधिकाका लागि न्युनतम १० देखि अधिकतम १० लाख सम्मको शेयर खुल्ला गर्ने निर्णय गरेको छ ।
भेला सामुदायिक जलबिद्युत लिमिटेडका अध्यक्ष धन बहादुर बिकको अध्यक्षता बोर्ड समिति सदस्य मन बहादुर लामिछानेको संचालन र सदस्य डिल बहादुर घर्तीको स्वागतमा सम्पन्न भएको थियो ।