बुर्तिवाङ २०७६ कात्तिक २४ । नेकपाबाट बिद्रोह गरेर प्रदेश सभासदस्यमा उमेदवारी दिएका शेरमान घर्तिमगरलाई उमेदवारी फिर्ता गराउन हेलिकप्टरबाट बागलुङ सदरमुकाम लैजाने चाँजो मिलाई रहँदा घर्तीमगर एक्कासी हराए ।
श्रोत भन्छ,आफुले उम्दवारी फिर्ता नलिने एकोहोरो अडान लिईरहेका घर्तीमगरलाई पार्टीको उपल्लो तहबाट चर्काे दबाब आईरह्यो, स्थानीय कतिपय नेता कार्यकर्ता समेत उमेदवारी फिर्ता लिन लगाउने पक्षमा देखिन्थे भने कतिपयले उमेदवारी झिक्न हुन्न भन्ने पक्षमा देखिन्थे । मनोनयन फिर्ता नलिने भन्दै उनी पहुँच देखी टाढा रहँदै आएका थिए ।
सुरक्षाका लागी प्रहरीले घर्तीमगर र अर्याललाई ईलाका प्रहरी कार्यालय तर्फ लैजादै गर्दा ।
उमेदवारी फिर्ता लिने समय घर्कीनै लाग्दा करिब १२ः४० बजे पोखराबाट घर्तीमगरलाई लिएर सदरमुकाम लैजान हेलिकप्टर उत्तरगँगा माविको खेलमैदानमा अवतण ग-यो । करिब १० मिनेट त्यहाँ हेलिकप्टर प्रतिक्षा गरिरहँदा त्यहाँ नत शेरमान पुगे नत नेकपाका कोहि नेता कार्यकर्ता नै देखिए । हेलिकप्टर ल्याण्ड गरेको ठाउँमा कोहि नगएपछि हेलिकप्टर ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीको घर होटेल दरबारको छतमा लगेर अवतरण गराईयो ।
सुरक्षाका लागी प्रहरीले घर्तीमगर र अर्याललाई ईलाका प्रहरी कार्यालय तर्फ लैजादै गर्दा ।
बुर्तिवाङमा हेलिकप्टर अवतरण गर्दै गर्दा बिद्रोही उमेदवार शेरमान घर्तीमगर र तुल्सिराम अर्याल अर्यालकै घरमा ढोका बन्द गरेको अवस्थामा बसेको पत्ता लागेपछी नेकपाका कार्यकर्ता अर्यालको घर अगाडी भरी भराउन भए । केहि समय पश्चात प्रहरी आई गाडीमा चढाएर ईलाका प्रहरी कार्यालयमा सुरक्षाका लागि भन्दै घर्ती र तुल्सीराम अर्याललाई लगेर करिब ५ मिनेट राख्यो । त्यसपछी घर्तीलाई नगरप्रमुख नेपालीको निवास दरबार होटेलमा ल्याईयो । दिउँसो १ बजेर ४ मिनेटको समयमा उमेदवार घर्तीमगर लाई लिएर हेलिकप्टर बागलुङका लागी उड्यो ।
स्मरणीय छ, निर्वाचन आयोगव्दारा प्रकाशित उपनिर्वाचनको कार्यक्रम अनुसार उमेदवारले मनोनयन फिर्ता गर्ने समय दिउसो १ बजे सम्म मात्र थियो ।
16 Comments