Sorry, that menu does not exist.
 

युवाहरुको सक्रियतामा गाउँमै एम्बुलेन्स, बडीगाडबासीलाई उपचारमा सुबिधा !

बडीगाड, २०७६ कात्तिक २४ । बिरामी भएपछि अस्पताल पु-याउन समस्या झेल्दै आएका बागलुङ बडीगाडबासीले अब त्यो समस्याबाट छुटकारा पाएका छन् ।

वैदेशिक रोजगारीमा विदेश पुगेका नेपाली युुवा र स्थानीय स्तरमा भएका युवाहरुको सक्रियतामा गाउँमै एम्बुलेन्स लगिएपछि विरामीलाई अस्पताल पु¥याउन घण्टौं एम्बुलेन्स कुर्नुपर्ने बाध्यता हटेको छ ।

क्रियाशील प्रवासी युवा संघ नामक संस्थाको स्थापना गरी फेसबुकमार्फत अभियान सञ्चालन गरिएको तीन वर्षपछि गाउँमा एम्बुलेन्स भित्रिँदा स्थानीयमा खुसी छाएको छ । मानवीय हितका लागि सञ्चालन गरिएको अभियानको प्रंशसा गर्दै बडीगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले समाजिक सेवाका काममा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रवासी युवा संघले थालेको अभियानमा संकलित रकम १० लाख र बडीगाड गाउँपालिकाबाट विनियोजित २ लाख गरी १२ लाखमा गाउँमा एम्बुलेन्स पुगेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !