थम्मन थापा ताराखोला २०७६ कात्तिक २८ । प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले ताराखोला बहुउद्येश्यी रेन्बो ट्राउड होम स्टेको उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा सामुदायिक होम स्टे ान संलग्न स्थानिय महिला समुहले मन्त्री लम्साललाई भव्य स्वागत गरेका थिए ।
उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटन र कृषि मार्फत युवाहरुलाई आत्म निर्भर बनाउदै समृद्ध गण्डकी प्रदेश निर्माण अभियानमा अगाडी बढिरहेको बताए ।
गण्डकी प्रदेश प्राकृतिक अस्पताल भएकोले यस भित्रका सम्भावना र अवसरहरुको खोजी गरि गण्डकी प्रदेश सरकारले निती तथा कार्यक्रम अगाडी बढाईरहेको मन्त्री लम्सालको भनाई छ । त्यसको लागि युवाहरुले आवश्यक कागजात र प्रकृया पुरा गरि सरकारले उपलब्ध गराउने अनुदानको अधिकतम उपयोग गरि आर्थिक समृद्धिमा जोडिनु पर्ने लम्सालले बताए ।
त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले सामुदायिक होम स्टेले ताराखोलाको पर्यटन क्षेत्रमा एउटा सम्भावनाको ढोका खोलेको बताए । यसले यस क्षेत्रको अर्गानिक उत्पादनलाई पर्यटन सँग जोडेर पर्यटक आवागमनमा वृद्धि गर्दै यहाँका पर्यटकीय स्थलहरुको विकास तथा स्तरोन्नति गर्न ताराखोला गाउँपालिकाले आवश्यक गृहकार्य गरिरहेको अध्यक्ष घर्तीको भनाई थियो ।
गाउँपालिकामा होम स्टे निर्माण गर्न गण्डकी प्रदेश सरकारले नगद रु १० लाख अनुदान प्रदान गरेको थियो । ताराखोलामा अहिले ५ वटा होम स्टे सञ्चालनमा रहेका छन । होम स्टेमा स्थानिय लोकल खानाका परिकारहरु, दरमखोलाको चिसो पानीमा हुर्केका स्वादिला रेन्बो ट्राउड माछाको परिकार लिन सकिन्छ ।
कार्यक्रम ताराखोला सामुदायिक बहुउद्येश्यीय रेन्बो ट्राउड होम स्टेका सञ्चालक पदम खत्री दिवसको अध्यक्षता, सुवास राज भण्डारीको स्वागत मन्तव्य र वडा अध्यक्ष जीत बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।