कोपीला कंडेल बागलुङ २०७६ मंसिर २ । मानव अधिकारका लागि महिला एकल महिला समिति बागलुङको दोस्रो साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आईतबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन समितिका कान्छा सदस्य देवू जिसीले गरेकी थिईन् ।
सो अवसरमा बोल्दै बागलुङ नगरपालिका–३ का अध्यक्ष लक्ष्मी बास्कोटाले मुलुकको राजनीतिक व्यवस्था बदलिए पनि सोच नबदलिएकाले महिला हिँसाको अन्त्य हुन नसकेको बताईन् । महिला उच्च पदमा पुगे पनि समग्र महिलाको जीवनस्तरमा सुधार नआएको भन्दै बास्कोटाले राज्यका हरेक अंङ्गमा पितृसत्ता सोच हावी रहेको बताईन् । समग्र महिलाको मुक्तिका लागि सोच बद्ल्नुपर्नेमा उनको जोड थियो ।
त्यसैगरी सहयात्राका अध्यक्ष एबं महिला अधिकारकर्मी शकुन्तला शर्माले महिलाको हक अधिकार सुनिश्चीत गर्नका लागि राज्यले विभिन्न प्रकारका ऐन कानुन निर्माण गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको वताईन । उनले महिलामाथि हुने सबैखाले हिंसा अन्त्य गर्नका लागि महिला मुद्दा सबैका साझा बन्नुपर्ने सल्लाह दिईन् । शिक्षा र चेतनाको माध्यमबाट महिलाको आर्थिक एबं सामाजिक स्तरमा सुधार ल्याउनुपर्नेमा उनका जोड थियो ।
सो अवसरमा नेपाल पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपीला कंडेल महिला अधिकार मञ्चका अध्यक्ष रेणु केसी क्षेत्री, महिला समाजका अध्यक्ष शिवकला थापा र सरस्वती वास्कोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनले पुनं खड्क कुमारी खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा टिका भण्डारी सचिवमा सीतादेवी सुवेदी थापा, सह सचिवमा मेघा कुमारी थापा र कोषाध्यक्षमा सन्तु खड्का तथा समितिको सदस्यहरुमा देव कुमारी उपाध्याय पुष्पा बोहोरा देवु जिसी सविमायां क्षत्री लक्ष्मी खड्का र मन माया बोहोरा रहेका छन् ।
सो अवसरमा संस्थाका सचिव लक्ष्मी शर्माले प्रगति र कोषाध्यक्ष सिता सुबेदी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थईने । कार्यक्रम मानवअधिकारका लागि महिला एकल महिला समितिका अध्यक्ष खडक कुमारी खड्का क्षेत्रीको अध्यक्षता, सदस्य सन्तु खड्काको स्वागत मन्तव्य र सचिव लक्ष्मी शर्माको संचालनमा सम्पन्न भएको थियो ।