Sorry, that menu does not exist.
 

रिडी-रूद्रबेनी-वामीटक्सार सडकको स्तरोन्नतीमा भएको ढिलाईप्रति, स्थानिय आक्रोशित !

रामकृष्ण कंडेल, वामीटक्सार २०७६ मंसिर २ । रिडी-रूद्रबेनी-वामीटक्सार सडकको स्तरोन्नती र कालो पत्रेको सम्बन्धमा भएको ढिलाईलाई लिएर छलफल कार्यक्रम सम्पन्न भएको छ। बिभिन्न समयमा बिभिन्न ठेकदारहरूले कामको जिम्मा लिने तर बिभिन्न बाहना बनाई काममा ढिलाई भएको भन्दै वामीटक्सारका युवाहरूको आयोजनामा छलफल आयोजना गरिएको हो। ऐतिहासिक महत्व रहेको यस सडक अहिले सम्म कालोपत्रे हुन नसक्दा यस क्षेत्रमै आक्रोश जन्मिएको छ । वामी टक्सारका स्थानियहरू र मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा बिच यस बिषयमा गहन छलफल भएको छ।

नगरप्रमुख सापकोटाले सडकको कामलाई अगाडि बढाऊन हामी सबै मिलेर सहज बनाईदिनु पर्छ भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गरे । अब सडकको स्तर उन्नति र कालोपत्रे कार्यलाई कहि कतै बाट ढिला सुस्ती हुन नदिने र जस्तोसुकै कदम चाल्न सडक उपभोक्ताहरू पछि नपर्ने वामीटक्सारबासी हरिहर सापकोटाले बताए । यस समस्या को सम्बन्धमा वामी टक्सारबासीहरूको एकमत देखिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !