बुर्तिवाङ २०७६ मंसिर २ । काँग्रेसका केन्द्र, प्रदेश र जिल्लास्तरका नेताहरु, प्रत्येक पालिकामा रहेका वडा वडामा पुगेर प्रचारात्मक अभियानमा जुटेका छन् । काँग्रेसका उमेदवार जीत शेरचन सहितको टोली घरघरमा पुगेर मतदाता भेटघाट गर्दै मत मागिरहेको छ ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका २२ वटै वडामा आफना नेता कार्यकर्ता परिचालन गरेर मतदाता भेटघाट भइरहेको काँग्रेसले जनाएको छ । काँग्रेस जिल्ला सभापती दिपेन्द्रबहादुर थापा, जिल्ला सचिव नवराज पौडेल, पूर्व अध्यग जगदीश उपाध्याय लगाएत प्रदेश र केन्द्र तहका नेताहरुको समेत चुनावी प्रचारमा रहेको पार्टीले जानकारी दिएको छ ।
संयुक्त वाम गठवन्धनका उमेदवारलाई लिएर नेकपा र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरुको टोली तीनै पालिकाहरुमा चुनावी सभाहरु गर्ने म्याराथुन दौडमा छन् । सांसद देवेन्द्र पौडेल लगायत नेकपाका नेताहरु तथा जनमोर्चाका अध्यक्ष अमर थापा, राजेन्द्र ढुंगाना सहितका नेताहरु खिमबिक्रम शाहीलाई साथमा लिएर गिलासमा मता माग्दै नेता कार्यकर्ता हरुले चुनावी साँग्लो बनाएर पालिकाहरुमा मतदाताहरु समक्ष पुगिरहेका छ्न् ।
समाजवादी पार्टिका उमेदवार अशोक कुमार विश्वकर्माको टोली पनि विभिन्न स्थानमा प्रचार अभियानमा रहेको छ । गाउँ गाउँमा पुगेर जनतालाई भेट्ने र मत माग्ने काम भइरहेको समाजवादी पार्टीले जनाएको छ । यसैगरी राप्रपाका उमेदवार गणेश कुँवरले पनि आफ्नो चुनावी प्रचार अभियानलाई तीब्रता दिएका छन् ।
स्वतन्त्र उमेदवार सन्तोष भण्डारीले आईतबार बुर्तिबाङ बजारमा चुनाव चिन्ह सहितको प्रचार अभियान अन्तरगत पर्चा सहित भेटघाट कार्यक्रम गरेका छन् भने अर्का स्वतन्त्र उमेदवार शेरमान घर्ती वामगठवन्धनका उमेदवारलाई मत माग्दै हिँडेका छन् । तर उनका समर्थकहरु घर्तीको निर्वाचन चिन्ह क्लिपमा मतदान गर्न अपील गर्दै व्यापक प्रचारमा लागेको अवस्था छ । बुर्तिवाङमा यस चर्तिकलालाई उमेदवार हिँडे अर्कैतिर, समर्थकको मायाँ उनैतिर … ! भनेर टिप्पणी गरिहेका छन् ।
2 Comments