मिलन हमाल, बुर्तिवाङ २०७६ मंसिर ३ । बागलुङ २ ख प्रदेशबाट प्रदेश सभासदस्यका लागी बामगठबन्धनका उमेदवार बिरुद्ध नेकपाबाट बागी उमेदवार बनेका शेरमान घर्तिले गठबन्धनका उमेदवार खिम विक्रम शाहीलाई विजयी बनाउने अभियानमा खरोरुपमा उत्रिएका छन् । चुनवाी सभाहरुमा बागी उमेदवार घर्तीले यस उपनिर्वाचनमा पनि अघिल्लो निर्वाचनको विराशतलाई अझ उच्च बनाएर जित्ने दावी गर्दै आएका छन् ।
बाम गठबन्धनले आज तमानखोलाको लाम्मेलामा आयोजना गरेको सभालाई संबोधन गर्दै, बागी उमेदवार घर्तीले बाम गठबन्धनका उमेदवार शाहीलाई जित्छु भनेर प्रचार गर्नु धरतीबाट लात्तले आकाशमा हिर्काउछु भने जस्तै भएको बताए । उनले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरि विभिन्न लान्छना लगाउने गरेकोप्रति कुनै सत्यता नभएकोले भ्रममा नपर्न समेत सबैलाई अग्रह गरे ।
यसैवीच निसीखोला गाउँपालिकामा संयुक्त बाम गठबन्धनका तर्फबाट नेकपा र राष्ट्रिय जनमोर्चा समर्थित महिलाहरुको भेला सम्पन्न भएको छ । भेलाले गठबन्धनको निर्वाचन परिचालनका लागि गाउँपालिका स्तरमा भोटु कुमारी चन्दको संयोजकत्व तथा छमी घर्ति उपसंयोजक रहेको २ सय ५१ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।
सोही भेलाबाट निसीखोला गाउँपालिकाको ७ वटै वडामा संयोजक र उपसंयोजक सहितको ५१÷५१ सदस्यीय निर्वाचन परिचालन वडा समिति गठन गरिएको छ ।
कमला घर्ति मगरको अध्यक्षतामा आयोजना गरिएको भेलामा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य कुशुम बुढाले, प्रतिगामी शक्तिलाई पराजित गर्दै बाम गठबन्धनका उमेदवारलाई खिम विक्रम शाहीलाई विजयी बनाउन निसीखोलाका सबै महिलाहरु एक जुट हुन आहवान गरिन । महिलाहरुलाई पनि राजनीतिक परिवर्तनमा समाहित बनाउँदै राज्यको मुल प्रवाहमा आउन आग्रह गर्दै बुढाले, दुई कम्युनिष्ट पार्टीका सक्रिय महिलाहरुले निसीखोलामा नेतृत्व गर्ने आम दिदीबहिनीहरु तथा आमाहरुको सुुखदुखमा सहयात्री बन्दै निर्वाचनमा जित्ने परिणामका लागि लाग्न अनुरोध गरिन ।
कार्यक्रममा अखिल नेपाल महिला संघकी बागलुङ जिल्ला अध्यक्ष तथा बरेङ गाउँपालिकाका उपाध्यक्ष दीलकुमारी पुन, प्रदेश साँसद सावित्रा राना, ढोरपाटन नगरपालिकका उपप्रमुख कर्मती पुन, महिला संघ बागलुङकी उपाध्यक्ष दुर्गादेबी घर्ति, सचिव केशकुमारी बुढा, तथा नेकपा प्रदेश समिति सदस्य प्रेम बहादुर घर्ति मगर लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम विन्दु हमालको स्वागत मन्तव्य र भोटु कुमारी चन्दको सञ्चालनमा सम्पन्न भएको थियो ।
10 Comments