Sorry, that menu does not exist.
 

काँग्रेसको घरदैलो कार्यक्रम जारी : कम्युनिष्ट शासनको दुई बर्षमै जनता आकुल व्याकुल – शेरचन

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर ४ । नेपाली काँग्रेसले उपनिर्वाचनलाई आफनो पोल्टामा पार्नका निम्ती जनताको घरघरमा पुगेर मतमाग्ने अभियानलाई सक्रियता पुर्वक अगाडी बढाएको छ । बागलुङ प्रदेश २ (ख) मा आगामि मँसिर १४ गतेहुने प्रदेश सभा उपनिर्वाचनका निम्ती काँग्रेसले यसपटक फरक तवरले चुनावी प्रचार प्रसारलाई अगाडी बढाएको हो । कुनै तडक भडक नगरी उमेद्वार जित शेरचन सहित केन्द्र, प्रदेश र जिल्ला तहका नेता सहित स्थानीय नेताकार्यकर्ता समेत जनताको घरघरमा पुगेर मत माग्दै जनतासँगै रमाउन थालेका छन् ।

यस निर्वाचन क्षेत्रमा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका गरी २२ वडा रहेका छन् । ती सबै वडामा नेता कार्यक्रता पुगेर घरदैलो अभियानमा ब्यस्त छन् । यसपटकको निर्वाचनलाई आफनो पोल्टामा पार्ने गरी काँग्रेसले जनतालाई सचेत भएर कसैको प्रलोभनमा नपरी लोकतन्त्रको रक्षा , जनताको हक अधिकार र समृद्धिका निम्ती आफनो पार्टीलाई मतदान गर्न सुझा दिँदै आएको छ । उमेदवार जित शेरचन समेत कुनै घर काम गर्ने स्थल, बाँकि नराखि जनता सँग प्रत्यक्ष भेटेरै आफुलाई मतदान गर्ने आग्रह गर्दे अभियानलाई रफ्तार दिईरहेका छन् ।

उता सँघिस साँसद ज्ञानकुमारी छन्त्याल, क्षेत्रीय सभापती दोर्णकुमार कुवँर, जिल्ला तहका नेता कार्यकर्ता सहित नेपाल महिला सँघ, काँग्रेस निकट दलित सँघ, जनजाती सँघ, तरुणदल लगाएतको टिमले समेत गाउँगाउँमा पुगेर सँगठन विस्तार सँगै आफनो पार्टीका उमेद्वारलाई मतदान गर्न अपिल गरेका छन् ।

पार्टीले २२ वटै वडामा केन्द्र र जिल्लास्तरका नेतालाई पठाउने समेत तयारी गरेको छ । चुनावी कार्यक्रममा केन्द्रिय सदस्य शंकर भण्डारीले समेत महत्वपुर्ण भुमिकाका साथ नेता कार्यकर्तालाई परिचालन गर्दे आएका छन् ।

बुधबार ढोरपाटन नगरपालिका वडा नं.६ मा घरदैलो अभियान सँगै एक भेलालाई सम्बोधन गर्दे उमेदवार शेरचनले भने कम्युनिष्ट शासन आउँदा दुई बर्षमै जनता आकुल व्याकुल भइसकेको बताउँदै अवपनी कम्युनिष्टको राज हुँदै गए जनताले लोकतन्त्रको कुनै आभाष गर्न नपाउने बताए । काण्डै काण्डमा मुछिएको कम्युनिष्ट जनताको हक अधिकार विकास निर्माण रोजगारी जस्ता महत्वपूर्ण बिषय छोडेर कमाउनिष्टको रुपमा अगाडी बढेको स्मरण गर्दे यसपटकको निर्वाचनमा सचेत भएर रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

देशमा दुईतिहाईको सरकार हुँदा समेत हुतिहारा प्रविर्ति देखिएको स्मरण गराउँदै यस्तै शासन जारी रहे जनताले कहिल्यै विकास र सुखको अनुभुति गर्न नसक्ने बताए ।
कार्यक्रममा क्षेत्रीय सभापती दोर्णकुमार कुवँर, प्रदेश २ ख सभापती नरजँग घर्ति लगाएतले आफनो मन्तव्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

12 Comments