छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर १० । बागलुङ क्षेत्र नं २ को ख प्रदेशसभा सदस्यको निर्वाचनमा राजनैतिक दलहरु सशक्त रुपमा चुनावी प्रचार प्रसारमा उत्रिएका छन् । मँसिर ११ गते रातको १२ बजेदेखि मौन अवधि सुसरु हुनेभएसँगै आज र भोलि मात्र दलहरुले विभिन्न चुनावी कार्यक्रम गर्ने भएका छन् । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
यता निर्वाचनलाई मध्यनजर राखेर निर्वाचनमा उमेद्वारी दिएका उमेदवार तथा राजनैतिक दलहरुले आ आफनै एजेन्डा लिएर गाउँ अभियानमा निरन्तर लागिपरेका छन् ।
नेपाली काँग्रेसले आज तमानखोला गाउँपालिकाको हिजामा घरदैलो सँगै चुनावी सभा गरेको छ । सभालाई सम्बोधन गर्दे उमेदवार जित शेरचनले शान्ति, लोकतन्त्रको जर्गना सँगै विकास निर्माणका निम्ती नेपाली काँग्रेसको जित अपरिहार्य रहेको बताए । आफु निर्वाचन क्षेत्रका २२ वटै वडामा विगतदेखि पुगेको र जनताको अवस्था, ठाँउ भुगोलको अवस्था राम्रो सँग बुझेका कारण आफुले यसक्षेत्रको विकास र समृद्धिका निम्ती आवश्यक रुपरेखा तयार पारेको खुलासा गरे । आफु निर्वाचित भए जनताका समस्या सम्बोधन गर्ने बताउँदै जनता र सरकार विचको दुरीलाई नजिक ल्याउने प्रतिबद्धता जनाए । पहुँचको अभाबमा विकास, स्वास्थ्य, शिक्षा, गरिबी जस्ता समस्या हाम्रो गाउँथाँउमा प्रशस्त छ त्यसलाई सम्बोधन गर्ने मेरो मुख्य उदेश्य रहन्छ यो सँगै युवा रोजगारी, कृषि जस्ता बिषयपनी आफनो मुख्य प्राथमिकता रहेका कारण जनताको समस्या सम्बोधनमा आफु खटिएरै लाग्ने बताए ।
उमेदवार शेरचनले २०७४ सालको निर्वाचनमा पनी म जनताको माझमा आएको हुँ फेरी पनी जनताको विचमा आएको छु यसपटक यस क्षेत्रको विकास र समृद्धिका निम्ती मत दिएर आफुलाई जनताको काम गर्न पठाउनुहुने छ । मैले विगतमा कुनै पदमा नरहँदा पनी मोटरेवल पुल निर्माण, विद्यालय भवन निर्माण जस्ता कार्यमा विभिन्न निकायमा पहल गरी काम गरेको स्मरण गर्दे दर्जनौ असहाय , गरीब बालबालीकालाई विभिन्न विद्यालयमा निशुल्क अध्ययनको वातावरण मिलाएर हाल अध्ययन गरीरहेको समेत बताए ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका पूर्व रक्षा मन्त्री भिमशेनदास प्रधानले बोल्दै जनताको हक अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेसमात्र रहेको बताउँदै युवा, विकास प्रेमी शिक्षित, व्याक्तित्व जित शेरचनलाई अत्याधिक मतले विजयी गराउन मतदातालाई आब्ह्वान गरे ।
कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै तमानखोला गाउँपालिकाको विकास र समृद्धिमा आफुहरुले नयाँ भिजन सहित काम गरीरहेको स्मरण गर्दे जनताको आवश्यकतालाई हेरेर विकासले गति लिइरहेको बताए । नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापती नवराज गुरुङले समेत मन्तव्य व्यक्त गरेका थिए ।
आमसभा नेपाली काँग्रेसका प्रदेश २ ख संयोजक नरजँग घर्तिको अध्यक्षता धर्म घर्तिको सञ्चालमा सम्पन्न भएको थियो ।
त्यसैगरी नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँर लगाएतको टोलीद्धारा निसीखोला गाउँपालिका वडा नं.५ र ६ को विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेल, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधी टेकराज पौडेल, महाधिवेशन प्रतिनिधी तुलासिँह घर्तिमगर लगाएत नेता कार्यकर्ताव्दारा घरदैलो कार्यक्रम गर्दे आफनो पार्टीका उमेदवार जित शेरचनलाई रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन अपिल गरेका छन् । त्यसैगरी ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा समेत नेपाली काँग्रेसले आफना कार्यकर्ताहरु खटाएर चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।
11 Comments