बागलुङ २०७६ मंसिर ११ । जिल्ला सुरक्षा समितिको मंसिर १० गतेको बैठकले यहि मंसिर १४ गते बागलुङ जिल्लाको क्षेत्र नं २ ख प्रदेशसभा सदस्य तथा बडीगाड गाउँपालिका २ को वडाध्यक्ष पदको उपनिर्वाचनमा ढोरपाटन नगरपालिका, निसीखोला गाउपालिका, तमानखोला गाखुल्लाउपालिका र बडीगाड गाउँपालिका निर्वाचन क्षेत्रका मतदान केन्द्र रहेका गाउँ तथा नगरपालिकामा सन्चालित स्वास्थ्य संस्थाहरु निर्वाचन हुने दिन मंसिर १४ गते खुल्ला राख्ने र पालिका भित्र रहेका एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
यसैवीच जिल्ला स्वास्थ्य कार्यालय बागलुङले मतदानका दिन स्वास्थ्य संस्थाहरु खुला राखी नियमित तथा आकष्मिक सेवाकालागी तयारी अवस्थामा रहने व्यवस्था मिलाउन अनुरोध गरी पठाईएको जनाएको छ ।