बुर्तिवाङ २०७६ मंसिर ११ । संयुक्त बाम गठबन्धनको अन्तिम चुनावी सभा आज अधिकारचिौरको बुढाथोकमा सम्पन्न भएको छ । अन्तिम सभालाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले सम्वोधन गर्दै उपनिर्वाचन अत्यन्त शानदार ढंगले, जनताको अत्यधिक बहुमत सहित जित्ने दावी गरे । गठबन्धनको सबै सभामा जनताको उच्च उपस्थिति, गाउँ टोलमा दुई कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जनताबीच पुगेर गरिरहेको प्रचार प्रसार र जनमतका हिसावले पनि चुनाव गठबन्धनकै पोल्टामा रहेको बताए ।
देशको विकास र दीर्घकालीन समृद्धिको लागि बामगठबन्धन कायम गरि जनताकाबीचमा उपयुक्त उमेदवार खीम विक्रम शाहीलाई लिएर आएको बताउँदै नेपालीले, दीर्घकालीन योजना, देश निर्माण र राष्ट्रियताको सवालमा संझौताहीन संघर्षमा रहेको राष्ट्रिय जनमोर्चालाई नेकपाले अत्यन्त नजिकको बाम मित्र शक्ति ठानेर चुनावी सहकार्य गरेको खुलासा गरे ।
यस्तै कार्यक्रममा साझा बाम उमेदवार खिमबिक्रम शाहीले निसी भुजी र तमानक्षेत्रका जनताको आकाँक्षा, अपेक्षा र चासोलाई आफूले राम्ररी बुझेको बताउँदै, जनमतद्धारा अनुमोदित भई यहाँका जनताका समस्या समाधानमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए । आफु जनताकै साझा उमेदवार भएकोले यस प्रदेशका सबै जनताले निर्धक्क भएर गिलास चिन्हमा मतदान उमेदवार शाहीले आग्रह आग्रह गरे ।
नगरपालिकाका प्रमुख देव कुमार नेपालीले पश्चिम क्षेत्रका सबै गाउँ गाउँका समस्याहरु पहिचान गरेको र समस्याको हल गर्न सक्ने उमेदवारलाई साझा उमेदवार बनाएको बताउँदै सबै जनताले शाहीलाई मतदान गर्न आग्रह गरे । जनमत गठबन्धनको पक्षमा भएकाले चुनाव जितिएको दावी गर्दै नेपालीले, शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण बनाउन सबै ठाउँका बाम कार्यकर्ता, नेता र शुभेच्छुकहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्यव समितिका संयोजक राजेन्द्र ढुंगाना, नेपाल कम्युनिष्ट पार्टी ने क पा सेरमान घर्ती, स्वर्गिय साँसद टेकबहादुर घर्तिकी धर्मपत्नी सुनमायाँ घर्तिमगर लगायतले मन्तव्य व्यक्त गरेका िथए ।
कार्यक्रममा प्रदेश मामिला समिती सभापति कृष्ण थापा, नेपाल कम्युनिष्ट पार्टी ने क पा जिल््ला अध्यक्ष ईन्द्रलाल सापकोटा, प्रदेश समिती सदस्य मोहनलाल शर्मा, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष धर्म ब कुवर, नेपाल कम्युनिष्ट पार्टी ने क पा जिल्ला सदस्य लाल बहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, जिल्ला उपाध्यक्ष दुर्गा देबी घर्ती, अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, नेपाल कम्युनिष्ट पार्टी ने क पा नेता दल ब घर्ती, युवा नेता रमेश बिक्रम शाही, राम प्रसाद चालिसे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम लक्षमण पुनको अध्यक्षता रामराज रेग्मीको स्वागत र सुनिल कुमार घर्तीको सन्चालनमा सम्पन्न भएको थियो ।