बुर्तिवाङ २०७६ मंसिर ११ । नेपाली काँग्रेसको चुनावी सभा तमानखोला गाउँपालिकाको वडा नंं. ५ खुँखानीमा बुधबार सम्पन्न भएको छ । आज चुनावी प्रचार प्रसार गर्ने समय सकिनै लाग्दा खुँखानीमा अयाोजित सभालाई सम्बोधन गर्दे नेपाली काँग्रेसको उम्द्वार जित शेरचनले यसपटकको निर्वाचनमा आफनो जित सुनिश्चत भइसकेका कारण जनताको हक अधिकार सँगै विकास निर्माणमा आफुले देखेको भिजनलाई पुरा गरेर छोड्ने प्रतिबद्धता जनाए ।
बागलुङ जिल्लाको प्रदेश २ ख भुगालको हिसाबले पनी दुर्गम छ । सदरमुकाम देखि पनी दुर्गम रहेको निसीभुजी तमान क्षेत्रको विकासको खाका आफुले कोरेका कारण जनतासँगको सहयात्रामा त्यसलाई पुरा गरिने बताए ।
नेपाली काँग्रेस पार्टी र स्वयम् आफुले समेत विगतदेखि सरकारमा रहँदा पनी नरहँदा पनी विभिन्न विकास निर्माणका काम गरीएको स्मरण गर्दे जनताका निम्ती आवश्यक खानेपानी, स्वास्थ्य, शिक्षा, यातायात, सँगै रोजगार र युवा सक्षमता जस्ता कार्यलाई समेत आफुले पहिलो प्राथमिकता दिने शेरचनको दावी थियो ।
ग्रामिणक्षेत्रका जनताको प्रदेश र केन्द्रसम्म सिधा पहुँच पुर्याई विकास र समृद्धिको आधारलाई अगाडी बढाउने उनको भनाई थियो ।
त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल, नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँर तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, महाधिवेशन प्रतिनिधी हरिहर शर्मा लगाएतले बोल्दै विकास, समृद्धि र लोकतन्त्रको रक्षा गर्न नेपाली काँग्रेसको जित आवश्यक रहेको बताए । वक्ताहरुले वर्तमान सरकारलाई सहि दिशा निर्दश गर्नपनी नेपाली काँग्रेसको यसपटक जित अपरिहार्य रहेको बताउँदै नेपाली काँग्रेसका उमेद्वार जितशेरचनलाई मतदान गरी भारी मतले विजयी गराउने अभियानमा साथ दिन मतदातालाई आब्ह्वान गरे । स्थानीयबासी बाजागाजाका साथमा र्याली सहित सभामा उपीिथत भएका थिए ।