कमल पौडेल, बडीगाडमा २०७६ मंसिर १२ । बडीगाड गाउपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयको अयोजनामा आज बिहीबार ग्वलिचौरमा भएका सर्वपक्षीय छलफलबाट यहि मसिर १४ गते बडीगाड गाउपालिका २ को वडाध्यक्ष पद पूर्तिको निर्वाचन (उपनिर्वाचन) शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष एवं भयरहीत बनाउने प्रतिवद्धता व्यक्त गरिएका छ ।
निर्वाचन अधिकृत ध्रुव कुमार ढकालको अध्यक्षता सम्पन्न सर्वपक्षीय छलफलमा सुरक्षा निकायका प्रतिनिधी, नेकपा, नेपाली काँग्रेस तथा समाजवादी पार्टीका उमेदवारहरु क्रमश ढालेन्द्र शेरचन, डिलबहादुर राना र हरिलाल राना, जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, बडीगाड गाउपालिका अध्यक्ष मेहरसिँह पाईजा, वडाध्यक्षहरु कृष्ण गुरुङ, मौसमबाजी क्षेत्री, अर्जुन खरेल, हिमा खरेल सहित राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रमको सन्चालन मतदान अधिकृत गंगाधर सापकोटाले गरेका थिए ।