Sorry, that menu does not exist.
 

भिङगिठे गाँवका अपांग रमेश नेपालीलाई ४० हजार सहयोग हस्तान्तरण !

कौरव खत्री, बागलुङ २०७६ मंसिर १३ । गुल्मी टेलिभिजनव्दारा बडीगाड गाँउपालिका वडा नं. ७ गाँव निवासी १४ बर्षिय अपाङ्ग रमेश नेपाली (परियार) लाई नगद रु. ४० हजार हस्तान्तरण गरिएको हो ।

हाल ईजरायलमा रहेका इन्दु लाउदीको सक्रियतामा इस्मुल सिङगिङ ओपन गु्रपव्दारा पठाएको आर्थिक सहयोग रकम बिहीवार बडीगाड ं. ७ का वडाध्यक्ष कृष्ण गुरुङ्ग र गुल्मी टेलिभिजनव्दारा रमेशका बुवा नन्द बहादुर दमाइ र आमा नरकुमारी दमाईलाई हस्तान्तरण गरिएको हो ।

केही दिन अगाडी अपाङ्ग रमेशको पीडा र समस्यालाई गुल्मी टेलिभिजनको लोकप्रिय कार्यक्रम संर्घषका कथा युटुव मार्फत प्रशारण गरिदिएपछी परियारको स्वास्थ्य उपचारका लागि यो सहयोग जुटेको हो ।

रमेश, उनका बाबुआमाका साथ केहि वर्ष पहिले ! तस्वीर – बिमल खड्का, भिङगिठे ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष गुरुङ्गले दुखी,गरिव एवं अशक्त र असाय व्यक्तिहरुको लागि गुल्मी टेलिभिजनको लोकप्रिय संर्घषका कथा कार्यक्रमले निकै सहयोग पु¥याएको बताए ।

साथै वडाअध्यक्ष गुरुङ्गले पछिल्लो समयमा ग्रामिण क्षेत्रका गाँउटोल र बस्ती बस्ती पुगेर दुखी,गरिव अशक्त र असाय व्यक्तिहरुको पिडा र समस्यालाई संर्घषका कथा कार्यक्रमलाई युटुव मार्फत सबैका माझ पु¥याएर सहयोग गरिनुले सिङ्गो गुल्मी टेलिभिजन र संर्घषका कथा कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।

त्यस्तै उनले भने नगद रकमलाई परिवारजनले बच्चाको उपचारमा केहि सहयोग पुग्ने भन्दै आर्थिक सहयोगीहरु एवं सिङ्गो गुल्मी टेलिभिजन एवं संर्घषका कथाका कार्यक्रम सञ्चालक र सञ्चारकर्मी सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा गुल्मी टेलिभिजनका समाचार प्रमुख डिवि खड्का, समाचार सहायक सुमन पन्थी, लगायत समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम खड्क जयन्ती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमराज चालिसेको अध्यक्षता गुल्मी टेलिभिजनका प्रमुख दिपक नेपालीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने पत्रकार कौरव खत्रीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !