Sorry, that menu does not exist.
 

फिल्म‘‘अहुरी’’ सिद्देश्वर चलचित्र मन्दिर कुस्मामा शनिवार प्रदर्शन हुँदै

निर्मल पौडेल पर्वत २०७६ मंसिर १३ । सामाजिक वैज्ञानिक विषयवस्तुमा आधारित चलचित्र अहुरी कुस्माको सिद्देश्वर चलचित्र मन्दिर शनिवार प्रर्दशन हुने भएको छ । साविक धौलागिरीका विभिन्न एतिहासिक तथा पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको नेपाली कथानाक चलचित्रको पहिलो सो शनिवार १२ वजेवाट शुरु हुने भएको हो ।

अहुरी इन्टरटेन्टमेन्ट प्राईभेट लिमिटेडको व्यानरमा निर्माण गरी प्रदर्शन गर्न लागिएको फिल्म वारे जानकारी गराउँदै अहुरीका रचनाकार एवं निर्देशक विशाल लोहनीले अहुरी नेपाली फिल्मी क्षेत्रमा विल्कुल पृथक र नौलो आयम भएको भन्दै दर्शकहरुले भरपुर मनोरञ्जन लिने वताए।

अहुरीमा दुई शताव्दी अगाडिदेखि वर्तमान अवस्था सम्मको समयको यात्रालाई घटनाप्रदान रुपवाट कथामा देख्न सकिन्छ । लोहनीले जतिनै व्यत भएपनि अहुरीको लागि थोरे समय निकालेर हेर्न र मनोरञ्जन लिनका लागि सवैलाई आग्रह समेत गरेका छन् । मोफसलमा रहेर विगतमा सेवेन व्वाइज, भ्रम चलचित्र त्यस्तै अन्य विभिन्न दर्जनौ सर्ट मोभीहरु वजारमा ल्याएको इन्टरटेन्टमेन्ट प्रालिले यसपाली अहुरी ल्याएको हो । फिल्ममा मिस धौलागिरी लगायत काठमाडौ, पोखरा, मोरङ ,नुवाकोट, पर्वत, वागलुङ, म्याग्दीका, कलाकारहरुको अभिनय रहको छ । चलचित्र सो हुनु अगाडी विहान १० वजेवाट सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको बताईएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !