Sorry, that menu does not exist.
 

चार महिनामा पैँतिस सय सवारी साधन कार्बाहीमा, रु २१ लााख राजश्व संकलन !

कोपीला कंडेल, बागलुङ २०७६ मंसिर १३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलङले गत चौमासिकमा रु २० लाख ९५ हजारं राजश्व संकलन भएको जनाएको छ । चालु आर्थिक वर्षको साउन महिना देखी कार्तिक सम्म कारबाहीमा परेका ३ हजार ५ सय सवारीको बाट उक्त राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।

ट्राफिक नियम विपरित संचालन भएका ट्रक बस जिप मोटरसाईकल स्कुटर लगायतका सवारी कारबाहीमा परेको प्रमुख रानाभाटले बताए । बढ्दो शहरीकरण र सवारी चापले हुन सक्ने दुर्घटना न्युनिकरणका लागि सवारी चेकजाचमा कडाई गरिएको छ, ट्राफिक प्रहरी प्रमुख सई रानभाटले भने, बिना लाईसेन्स, बिना बिलबुक र चर्को ध्वनी तथा मापसे गरेर सवारी चलाउने चालकलाई समेत नियन्त्रणमा लिई ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिने गरेका छौ ।

बागलुङमा सवारी चेकजाचमा कडाई गरेपछि सवारी दुर्घटना समेत न्युनीकरण भएको प्रमुख रानाभाटले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !