Sorry, that menu does not exist.
 

निर्वाचनको मौनावधिमा बामटोली दाम बाँड्न बोंगादोभान ? कानूनको दायरामा ल्याउन स्थानीयको माग !

बुर्तिवाङ २०७६ मंसिर १४ । उपनिर्वाचनको मतदान सुरु हुनु पूर्व सन्ध्यामा नेकपा र राजमोका नेताहरु मौन अवधि लागु भएको दिन हिँजो शुक्रबार तमानखोला गाउँपालिका १ को बोंगादोभानमा मतदाताहरुलाई पैसा बाँड्दै चुनाव प्रचारमा हिँडेको आरोप लगाउदै स्थानीयहरुले नियन्त्रणमा लिएको समाचार भाईरल बन्न पुग्यो ।

नेकपा र राजमोका नेताहरु चढेको जीप बोंगादोभानको दोभानमा रोकेर उनिहरु मौनावधी लागु भएको समयमा मतदाताहरुलाई पैँसा बाँड्न नभए किन आएको भन्दै ख्यारख्यारती पार्दै गरेको चलदृश्य (भिडीयो) अहिले सामाजिक सन्जाल फेसबुकमा छ्याप्छ्याप्ती (भाईरल) भएको छ भने यस विषयलाई लिएर दलहरुवीच बादप्रतिबाद र बिज्ञप्ती लडाईँ जारी छ, फेसबुकका वालहरु लगायत अन्य सन्चारमाध्यमहरुमा समाचार प्रकाशित भएका छन् ।

यसै विषयलाई लिएर नेकपाका गण्डकी प्रदेश सचिव गोविन्द बहादुर नेपालीले आफ्नो फेसबुकवालमा केहि टिप्पणीहरु सार्वजनिक गर्दै ‘अनलाईन सन्चारमाध्यमहरु प्रति यसरी रिस पोखेका छन् कानूनत दर्ता नगरीकन भ्रमको खेती गर्ने गलत नियतले सन्चालन गरिएका कथित अनलाईन मिडियाहरुको छानविन गरी कानूनको दायरामा ल्याउनु पर्छ’ भनेका छन् । त्यस्को दुई घण्टापछी अर्को स्टाटस पोष्ट गर्दै नेपालीले आफ्नो फेसबुुक वालमा भनेका छन्, ‘मिशन सुनिश्चित छ । उच्चआत्मबलका साथ अत्यन्त संयमित भएर लाग्नको लागी सबैमा अनुरोध छ । अत्तालिएकाहरु रोईकराई गरिरहन्छन् ।’ नेपालीले फेसबुकमा अपडेट गरेका दुई स्टाटसले नेपालीको टोली चुनाव प्रचारमा हिँडेको मात्र संकेत गरेको छैन, आफ्नो प्रतिकूलका सन्चारमाध्यमहरुलाई कानूनी कार्बाही गरिने सम्मको ध्वाँस दिईएको स्थानीयको बुझाईलाई नकार्न सकिन्न ।

गैह्रकानूनीरुपमा गरिने कार्यहरु कानूनको दायरामा ल्याउने प्रदेश सचिव नेपालीको मागलाई अन्यथा मान्न हुँदैन, तर मौन अवधि लागु भएको अवस्थामा दलबल सहित मतदाताहरुलाई जम्मा गर्दै फलानो चिन्हमा मतदेउ भन्दै हिँड्नु के कानून सम्मत थियो ? निर्वाचनको मौनावधी लागु भएको समयमा आआफ्नो घर फर्कनुको सट्टा नेकपाका प्रदेश सचिव नेपाली प्रदेश सांसद चन्द्रबहादुर बुढा सागर, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, नेकपा ईन्चार्ज बलावती शर्मा, राजमोका अध्यक्ष अमर थापा लगायतको दलबल लिएर किन पुगे खुंगा हुुदै बोँगादोभान ? के उनिहरुको घर बोंगादोभान या खुंखानी वा तमान या बागलुङ २ को ख क्षेत्रमा हो ? या उनिहरु ससुराली हिँडेका हुन् ? होईन भने मौनावधीमा कुन उद्देश्य लिएर पुगे त बोँगादोभान ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ बामटोलीले दिन जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !