Sorry, that menu does not exist.
 

अपडेट : दिउसो २ बजे सम्म प्रदेशसभा सदस्य तर्फ ४५ प्रतिशत, स्थानीयतहमा ४२ प्रतिशत मतदान !

छविलाल पाण्डे/किरण आचार्य, बागलुङ २०७६ मंसिर १४ । बागलुङ जिल्लाको क्षेत्र नं २ ख प्रदेशसभा सदस्य पद र स्थानीयतह बडीगाड गाउपालिका २ काृ वडा अध्यक्ष पदको मतदान शान्तिपूर्ण रुपमा जारी छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले प्रदेश सभा र स्थानीयतहको मतदान केन्द्रहरु सबैमा मतदान शान्तिपूर्ण भैरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी क्षेत्रीले दिउसो साढे १ बजे सम्म प्रदेश सभा सदस्य तर्फ पुरुष ७ हजार २ सय ५ र महिला तर्फ ६ हजार ६ सय १३ र स्थानीयतह तर्फ पुरुष ४ सय २५ र महिला३०६ जनाले मतदान गरेको बताए । उनले प्रदेशसभा सदस्यमा ४५ प्रतिशत र स्थानीयमा ४३ प्रतिशत मददान भएको पनि जानकारी दिए ।

अपडेट : बुर्तिवाङको मतदान केन्द्रमा ९० वर्षिया मतिसरा बिकद्वारा मतदान : बडीगाडमा पनि मतदान सुरु !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !