किरण आचार्य, बागलुङ २०७६ मंसिर १५ । प्रदेशसभा सदस्यको मतगणना जारी छ । हाल सम्म ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजार क्षेत्र र निसीखोला गाउपालिकाको वडानं १ देविस्थानको मतदान केन्द्रको मतगणना सकिएको छ । दुबै केन्द्रको मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेसका जीत शेरचनले १०५५ मत र बामगठबन्धनका खिमबहादुर शाहीले १०४६ मत प्राप्त गरेका छन् । यसैगरी समाजवादी पार्टी ७८, स्वतन्त्र –क्लिप १४, राप्रपा संयुक्त १०, स्वतन्त्र ब्लब ६ मत प्राप्त गरेका छन् ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १ सय ८४ रहेकोमा महिला मतदाता ११ हजार ९ सय २२ तथा पुरुष मतदाता ९ हजार ९ सय ७३ गरी जम्मा २१ हजार ८ सय ९५ मतदाता (६१ प्रतिशत)ले मतदान गरेका थिए । मतदानमा पुरुष भन्दा महिला मतदाता १ हजार ९ सय ४९ बढीले भाग लिएका थिए । पुरुषहरु रोजगारीको लागी बाहिरी मुलुकमा गएका कारण मतदानमा महिला सहभागिता बढी हुन गएको विश्वास गरिएको छ ।
***
अपडेट : ढोरपाटन-१ र निसीखोला-१ को मतगणना सकियो, काँग्रेस, बामगठबन्धन भन्दा ९ मतले अगाडी !
२०७६ मंसिर १५, आईतवार १२:५१
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०