बागलुङ २०७६ मंसिर २२ । गण्डकी प्रदेश नेपाली काँग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कंडेलले अहिलेको सरकार काम भन्दा पनि गफ मात्र मादै हिडेको आरोप लगाएका छन । बागलुङको जैमिनी नगरपालिका–२ दमेक भुपु सैनिक संघ र विभिन्न भातृ एवं सुवेक्षुक संस्थाहरुको आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै कंडेलले सरकार जनताका काम भन्दा पनि फाल्टु गफ मार्दै दुई वर्ष विताएको आरोप लगाए ।
उनले कम्युनिष्टहरु जनतालाई झुक्काएर राज्यको ढुकुटी लुटनलाई तल्लिन रहेको बताए । कंडेलले आफ्ना कार्यकर्तालाई कम्युनिष्ट सरकारले गरेको भ्रष्टचारको फण्डाफोर गर्न आग्रह गरेका छन । हामी केन्द्र देखी स्थानिय तह सम्म भ्रष्ट्रचारको भण्डाफोर गरेका छौ कंडेलले भने, सवै काँग्रेस एक जुट भएर सरकारका अनैतिक क्रियाकलापको विरोधमा लागौं ।’ कंडेलले काँग्रेसको संविधान कार्यान्वयन गराउने जिम्मेवारी भएका कारण गराएरै छाड्ने बताए ।
कार्यक्रममा काँग्रेस बागलुङ निर्वतमान पाटी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले मुलुकमा दिनदिनै हत्या हिंसा लगायतका गतिविधि बढदै गएको हुँनाले यस्ता गतिविधि हटाउनका निम्ती सरकार गतिशिल बन्नुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय प्रशिक्षण विभागका सदस्य छन्दबहादुर पहराईले कार्यकर्तालाई आफ्नो संगठन मजबुत बनाउनका निम्ती सधै तल्लीन हुन आग्रह गरेका थिए ।
कार्यक्रममा काँग्रेस बागलुङ सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, जैमिनी नगरपालिका वडा नं. –२ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, जिपि कोईराला फाउण्डेशन बागलुङका संयोजक महेन्द्र प्रसाद कंडेल, नेविसंघका जिल्ला सचिव श्रीकृष्ण पौडेल, नेपाल शिक्षक संघ अक्षयकोष उपसमिति संयोजक विष्णु प्रसाद सापकोटा लगायतले बोलेका थिए ।
प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका झण्डै ६५ जनालाई काँग्रेसको सदस्यता प्रदान गरिएको थियो । कार्यक्रमको बारेमा विषय प्रदेश नेविसंघका क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले गरेका थिए ।
कार्यक्रम भुपुसैनिक संघ दमेकका अध्यक्ष हिराबहादुर थापा क्षेत्री अध्यक्षता काँग्रेसका कावा वडा सभापति आनन्द अम्बाईको स्वागत र धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सदस्य मनोज सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।