कोपिला कँडेल, बागलुङ २०७६ मंसिर २२ । निसीखोला गाउँपालिका-६ सिप स्थित भागिमानको साहिँली माहिली होटेलमा गत शुक्रबार राति करिब ५ केजी अवैध लागूऔषध चरेस सहित नियन्त्रणमा लिईएका सोहि ठाउँका ३० बर्षिया भागिमला बुढा र २५ वर्षीय रेमन भन्ने राम बहादुर साहुथोकीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । उनिहरुलाई आजै विहान ईलाका प्रहरी कार्यालय बुर्तिवाङले जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको थियो ।
दुबै अभियुक्तहरुलाई पत्रकारहरु वीच सार्वजनिक गर्दै प्रहरी उपरीक्षक नवराज भट्टले जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जानकारी दिए । उनले बागलुङ जिल्लामा लागुऔषधको दुर्व्यसन, नियन्त्रण, विक्रीवितरणलाई रोकथाम गर्न प्रहरीले विशेष अभियान ने सन्चालन गरेको जानकारी दिदै बिभिन्न बिद्यालयहरुमा पुगेर लागु औषध कीटको माध्यमबाट विद्यार्थीहरुको पिसाव परीक्षण गर्दा केहि विद्यार्थीहरुमा लागु औषध प्रयोग गरेको पुष्टि भएको पनि जानकारी दिए सार्वजनिक कार्यक्रममा निज अभियुक्त बुढाले बरामद चरेस गुल्मीबाट खरीद गरी ल्याएको बताएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय बागलुङ जिल्लाको निसीखोला गाउपालिका ‘कालो सुन’ भनेर चिनिने चरेस वसार पसारमा चर्चामा आउने गरेको छ । गत २०७५ कात्तिक १७ गते राति बुटवलमा ३७ किलोग्राम लागुऔषध चरेससहित पक्राउ पर्ने तीन जना मध्य बागलुङ निसीखोला गापा–९ बस्ने ३४ वर्षीय जनक घर्ती एक थिए भने बुर्तिबाङ २०७४ पुस ११ गते निसीखोला गाउँपालिका—५, निसी बस्ने बर्ष ३० का खिमबहादुर घर्तिमगर इलाका प्रहरी कार्यालय झिवाखोलाले करिब ५ केजी चरेस सहित एक जना युवकलाई पक्राउ गरेको थियो । यसबाहेक पनि बेलाबेलामा निसीमा चरेस बरामद हुने गरेका समाचार प्रकाशमा आउने गरेका छन् । २०७५ भदौ २१ गते बडीगाड गाउपालिका ७ साबिक भिङगिठे गाविस( १ सिरखरी पाखोमा कोदो बारीको काँल्नामा रहेको खन्यूको रुखको कापोमा प्रहरीले करीब ५ केजी अवैध लागु औषध चरेस बरामद गरेको थियो ।
अवैध चरेसका व्यापारीहरुले महिलाहरुलाई भरियाको रुपमा प्रयोग गर्ने गरेको विगत घटनाहरुले देखाएको छ । बागलुङ जिल्लाका विभिन्न भागहरुमा चरेस वसार पसार गर्ने चरेस कारोबारी भन्दा भरियाहरु नै बढी हुने गरेको देखिएको छ । चरेसका मुल कारोवारीहरुलाई नियन्त्रणमा लिएर उनिहरुलाई कार्बाही गरिएमा यस धन्धामा कमी आउने विश्वास गरिएको छ ।
यी लिंकहरुपनि पढौँ
* ५ केजी चरेस सहित निसीखोला- ६ सिपका दुईजना प्रकाउ !
* निसीखोला गापाको झिवाखोलामा ५ के.जी चरेस सहित एक युवक पक्राउ !
* खर्वाङमा २२ केजी १ सय ग्राम लागु पदार्थ चरेस बरामद, एक जना अभियुक्त पक्राउ एकजना फरार !