Sorry, that menu does not exist.
 

सम्मृद्धि र बिकासका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्धन गरौ –देउवा

कोपीला कंडेल, बागलुङ २०७६ मंसिर २२ । नेपाली काङ्गेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको सम्मृद्धि र बिकासका लागि धार्मिक एबं पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्धन गर्नुपर्ने बताएका छन् । बागलुङको कुडुले फेदी स्थित श्री रंङ्ग बैङ्कटेश्वर मन्दिर परिसरमा निर्मित शालग्राम स्रगं्राहालयको आईतबार उद्घाटन गर्दै उनले कालीगण्डकी र शालग्राम शीला धार्मिक मात्र नभै समग्र विकासका लागि महत्वपुर्ण मानिने बताए । उनले लोप हुदै गएको शालग्राम शिलाको संरक्षण तथा धर्म संस्कृतिको माध्यमबाट स्वामी कमलनयनाचार्यले शुरु गरेको योजना सफल बनाउनका लागि सबैले साथ दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी पुर्व प्रधानन्याधीश कल्याण श्रेष्ठले कार्यक्रममा बोल्दै धर्मको नाममा राजनीति गर्न नहुने बताउदै धर्म भनेको ज्ञान हो, ज्ञान कहिल्यै निरपेक्ष नहुने बताए । उनले मुलुक धर्म निरपेक्ष बन्नु अनुचित भएको टिप्पणी समेत गरे ।

सो अवसरमा बोल्दै हिन्दु धर्मालरम्बीहरुले भगवान बिष्णुको रुपमा पुज्दैै आएको शालग्राम शिला लोप हुन थालेपछि संरक्षणका लागि भुगर्भ भित्र सुरुङ्ग निर्माण गरी सङ्गालय निर्माण गरिएको रंङ्ग बैङ्कटेश्वर मन्दिर तिरुपती बालाजी धाम कुडुले फेदीका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी, गण्डकी प्रदेशका सांसद एबं नेपाल कम्युनिष्ट पार्र्टी नेकपाका जिल्ला अध्यक्ष ईन्द्रलाल सापको, बागलुङ्ग नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति दिपेन्द्र बहादुर थापा समाजसेवी एबं सहयोग दाता सहदेव राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

करिब ७६ मिटर लामो सुरुङ खनेर सङ्गाहलय निर्माण गरिएको धाममा रहेका २४ हजार शालग्राम र मुस्ताङ्गको मुक्तिनाथ लगायतका स्थानमा सङ्कलन गरिएका ७५ हजार गरी झण्डै एक लाख शालग्राम एकैसाथ दर्शन गर्न मिल्ने व्यवस्था गरिएको छ ।

स्वामी कमलनयनाचार्यको सक्रियतामा दुई बर्ष अगाडी भुगर्भ भित्र सुरुङ्ग निर्माण गरी संग्राहलयको थालनी गरिएको थियो । संग्राहालय निर्माणका लागि ५ करोड बढि खर्च भईसकेको र अझै केही संरचना निर्माण गर्न बाकी रहेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !