बागलुङ २०७६ मंसिर २२ । विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस मनाउदा नेपाल र बागलुङ जिल्लामा पनि आज डिसेम्बर ८ मा महिनावारी दिवस मनाईयो। लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो ।
बागलुङ जिल्लामा पनि सत्कर्म नेपाल र आमा मिलन केन्द्रको मुल आयोजना र महिला मानव अधिकार रक्षक संजाल बागलुङको सहकार्यमा आज एक समारोह सहित दिवस मनाईएको हो। लैंङ्गिक हिंसा न्यूनिकरण र मानव अधिकारको लागि मर्यादित महपनावारी मसल नाराको साथ अमर आदर्श बिधालयको प्राङगणमा बिधालयको शिक्षक, बिधार्थी, आयोजक अभियान्ताहरुले यो दिवसमा व्यानर पर्दशनी, प्लेकार्ड पर्दशनी, मर्यादित महिनावारी बारे जानाकारी र बिचार अभिब्यक्त गरि मनाएका थिए ।
सत्कर्म नेपालको संस्थापक एवं नागरिक अभियन्ता सीताराम थापाले मर्यादित महपनावारी बारे जानकारी दिएका थिए। उनले बागलुङमा बिधालय स्तर बाट किशोर किशोरीहरुलाई सचेतना जगाउन सुरु गरिएको यो अभियानले लैङ्गिक समानता, महिला प्रजनन स्वास्थ्य, मानव अधिकार र हिंसा संग सम्बन्धित समस्या लाई सम्बोधन गर्न यो दिवस मनाएको बारे चर्चा गरे। महिनावारी भएर नै आज मानबको रुपमा हामी छौ, नत्र हुदैनथ्यौ तर थाहा, भएर वा अथाहाले गर्दा आज यो समस्याको जटिलता भोग्नु परेको पनि बताए।
महिला मानव अधिकार रक्षक ज्ञानुदेवी थापा मगरले महिला लैंङ्गिक हिंसालाई पश्रय दिने महिनावारीको समस्याले सदियौ महिलाहरु हिंसा र मृत्युको मुखमा परेको बताईन। बिधालयको अध्यक्ष बिजयराज पन्तले महिलाको महिनावारी समस्याले शारीरीक र मनोबैज्ञानिक असर परिरहेकोले यस्तो अभियानको औचित्य भएको बताए। विद्यालय प्रिन्सिपल थापामगरले यो अभियानलाई निरन्तरता दिन सामुहिक रुपमा लागि पर्न आग्रह गरे।