Sorry, that menu does not exist.
 

प्रहरीको विद्यालय सम्पर्क अभियान बलेवाको धवलागिरी पोलिटेक्निक ईन्स्टिच्युटमा !

बागलुङ २०७६ मंसिर २५ । समाजमा व्याप्त लागु औषध दुव्र्यसन नियन्त्रणका लागी प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग सम्पर्क अभियान सुरु गर्दै आएको छ ।

यसैक्रममा मंगलबार जिल्ला प्रहरी कार्यालय बागलुङले समुदाय प्रहरी कार्यक्रम एवं प्रहरी विद्यालय सम्पर्क कार्यक्रम बागलुङ नगरपालिका १४ बलेवा स्थित धवलागिरी पोलिटेक्निक ईन्स्टिच्युटमा सम्पन्न गरेको छ । ईन्स्टिच्युटमा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरुलाई जिल्लाा प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टले लागु औषध दुर्व्यसनी, साईबर क्राईम, मानब वेचबिखन तथा ओसारपोसार, महिला तथा बालबालिका बिरुद्द हुने हिंसा तथा रोकथामका उपायहरुका बिषयमा प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

सो कार्यक्रममा ईन्स्टिच्युटका शिक्षकशिक्षिकाहरु एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !