केहर सिंह राना, गुल्मी वामीटक्सार २०७६ पुस १ । रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका ७ वामी टक्सार गुल्मीमा आज एक कार्यक्रमका विच नवागन्तुक बिएड र बिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई दोस्रो, तेस्रो र चैथो वर्षका विद्यार्थीहरुले स्वागत गरेका छन् ।
स्वागत कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक रामु तिवारीले नवागन्तुक विद्यार्थीहरु स्वागत कार्यक्रमको केन्द्रबिन्दु रहेको र आगामी दिनहरुमा विद्यार्थीहरुको प्रगतिको कामना व्यक्त गरे । विद्यार्थीहरुको मनोभावलाई मनन् गर्दै क्याम्पसमा आवश्यक शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने कुरामा पनी क्याम्पस प्रमुख तिवारीले चर्चा गरे ।
त्यस्तै प्रमुख अतिथि तथा क्याम्पस सन्चालक समितिका अध्यक्ष महेश जिसीले मन्तव्य दिने क्रममा शिक्षा हासिल गर्न विगतमा जस्तो दुखको दिन नरहेको र सहज रुपबाट शिक्षा प्राप्त गर्ने माध्यम विस्तार भएको बताए ।
स्वागत कार्यक्रममा प्राध्यापकहरु कृष्ण प्रसाद सापकोटा, हेमन्त घिमिरे, लिलाधर घिमिरे, बुद्धि प्रसाद शर्मा, ज्ञानहरी सापकोटा, दिल्लीराज खरेल, महेश्वर घिमिरे, लोकमणी अर्याल, विष्णु चुडाली, मृगेन्द्र रिजाल र लेखापाल सोनिसा भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।
प्रथम वर्ष विविएस तथा बिएडमा आएका विद्यार्थीहरुलाई स्वागत गीत सँगै टीका, माला,र खादा अेढाएर स्वागत गरिएको थियो भने प्रथम वर्षका विद्यार्थीहरुलाई चियापान कार्यक्रम पनी गरिएको थियो ।
कार्यक्रममा बिएड चौथो वर्षबाट केहर सिँह राना, बिबिएस तेस्रो वर्षबाट गीता पोखरेल, बिएड तेस्रो बर्षबाट सम्झना अर्याल, रेखा भुजेल, बिएड दोस्रो वर्ष बाट प्रताप पौडेलको स्वागत मन्तव्य रहेको थियो । स्वागत कार्यक्रममा जगत अधिकारीको सभापतित्व सँगै भुवन काफ्लेको सन्चालनमा सम्पन्न भएको थियो ।
तस्विर सौजन्य: दधिराम वन, लिलाधर घिघिरे ।