Sorry, that menu does not exist.
 

गुल्मी वामी मैदान स्थित शारदा बिद्यामन्दिर माबिको ७० औँ वार्षिकोत्सव सम्पन्न !

रामकृष्ण कँडेल, गुल्मी वामीमैदान २०७६ पुस २ । मुसिकोट नगरपालिका ८ वामी मैदान स्थित शारदा बिद्यामन्दिर माध्यमिक बिद्यालयले ७० औँ वार्षिकोत्सव बिबिध कार्यक्रमहरुको आयोजना गरी भव्यताका साथ मनाएको छ । वार्षिकोत्सवको समापन समारोहमा प्रमुख आतिथीको आसनबाट बोल्दै बिद्यालयका पूर्व बिद्यार्थी रहेका नगरप्रमुख सोमनाथ सापकोटाले आफ्नै गाउँठाउँका विद्यालयमा स्तरिय शिक्षा प्रदान गर्न सकेमा बढ्दो बसाई सराई रोक्न सकिने विश्वास व्यक्त गरे ।

बसाई सराईको मुख्य कारण गुणस्तरिय शिक्षाको चाहाना रहेकोले सबै मिलेर सामुदायिक बिधालयबाट यस प्रकारको शिक्षाको ग्यारेन्टी गरेकम बसाई सराई रोकिन्छ र सबैको हित हुने नगरप्रमुख सापकोटाको भनाई थियो ।

नगरप्रमुख सापकोटाले आफुहरू नगरपालिकामा बिजय हॉसिल गरे पश्चात यस बिधालयको लागि निकै ठुलो आर्थिक सहयोग गरेको र आगामि दिनमा पनि सहयोग जारीरहनेु प्रतिबध्दता ब्यक्त गरे ।

समापन समारोहमा मुसिकोट नगरपालिका आर्थिक समिति संयोजक प्रकाश काफ्लेले शिक्षक, विद्यार्थी तथा अभिभावकको संयुक्त प्रयासबाट मात्रै शैक्षिक गुणस्तर वृद्धि ुहने बताए । शुभ कामना मन्तब्यको क्रममा काफ्लेले बिद्यालयको प्रगतिको उच्च प्रशंसा गरेका थिए। कार्यक्रममा प्रधानाध्यापक ज्ञानहरि सापकोटाले विद्यालयको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सवको समापनको अवसरमा बिद्यार्थीहरूले सॉस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। एथ्लेटिक्स तर्फ दौड९ट्रयाक०र फिल्ड तर्फ उफ्रने र फ्याक्ने खेलहरु, साहित्यिक, भलिवल र कपड्डी विधाका खेलहरु सञ्चालन गरिएको थियो।

उक्त कार्यक्रममा बिद्यालयका पूर्ब बिद्यार्थी एवं महेन्द्र आदर्श नमुना मा बि का पूर्ब प्रधानाध्यापक भिमलाल सापकोटा, वामी विश्ज सम्पर्क मन्च, कोरिया शाखाका अध्यक्ष धुर्ब के सी लगायत जनप्रतिनिधी, छिमेकी बिधालयका प्रधानाध्यापकहरू, शुभेच्छुक, खेल अनुरागी अभिभाबकहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

शिक्षक चिरन्जिवी शाक्यको स्वागत मन्तब्य, शिक्षक भिमसेन के सी र बिद्यार्थी दिलिप रानाको सन्चालन,बिद्यालय ब्यबस्थापन समितिका सदस्य तथा वडा अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

स्मरणीयछ, मंसिर २७ गतेको समापन समारोहको कार्यक्रम खराब मौसमका कारण पुस १ गते गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !