निर्मल पौडेल, २०७६ पुस ४ । पर्वत साहित्य संगमको अग्रसरता तथा कुस्मा नगरपालिकाको समन्वयमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय कविता लेखन प्रतियोगितामा कुस्मा नगरपालिका १० कटुवाचौपारीको जनक मावि प्रथम भएको छ । होटल वेञ्जुमा आयोजित कुस्मा नगरपालिका भित्रका १७ वटा सहभागी विद्यालय मध्ये १६ विद्यालयका प्रतिस्पर्धीलाई पछाडी पार्दै जनक माविकी प्रभा लामिछाने प्रथम भएकी हुन् ।
प्रतियोगितामा राष्ट्रिय वाल शिक्षा सदनका पंकज रेग्मी व्दितीय हुन सफल भए । यसैगरी नमुना आवासीय मावि कुस्माका सन्देश पौडेल र कालीगण्डकी एकेडेमीका पुर्णिमा देवी खत्री तृतीय भएर क्रमशः नगद रु ५ हजार र प्रमाणपत्र, नगद रु ३ हजार र प्रमाणपत्र, तथा तृतीय हुने दुवै जनालाई जनही २ हजार र प्रमाणपत्र प्राप्त गरेका छन ।
प्रतियोगितामा सहभागी विधार्थीहरुलाई शुरुगर्ने वेलामा मात्र निर्णायक मण्डलले कविताको शिर्षक प्रदान गरेका थिए । समसामयिक परिवेश संग सम्वन्धित ‘’ समृद्ध नेपाल ’’ शिर्षकमा विधार्थीहरुले कविता लेखेका हुन् ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा कुस्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले आजका विद्यार्थी भोलिका देशका कर्णधार भएको भन्दै कलिला मस्तिष्कहरुमा देशप्रतिको अगाध प्रेम भएको विद्यार्थीहरुको सिर्जनामा आफूले भेटेको वताईन् । साहित्य र सिर्जना समाज परिवर्तनको सम्वाहक हुने भन्दै लामिछानेले यस्ता कार्यक्रमहरुले विधार्थीहरुमा सिर्जनशील क्षमताको विकास हुने वताईन् ।
समापन कार्यक्रममा वोल्दै कार्यक्रमका अध्यक्ष तथा आयोजक संस्था पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले नगरपालिका भित्रका माध्यमिक तहमा अध्ययनरत विधार्थीहरुमा कविता लेखन शैलीमा प्रवल वनाउनुका साथै रचनात्मक तथा सिर्जनात्मक क्षमतामा वृद्धि र विकास गराउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगीतामा विधार्थीहरुको उल्लेख्य सहभागिता भएको भन्दै खशी व्यक्त गरे । प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक विधार्थीहरुलाई सहभागिताको,प्रमाणपत्र यातायात खर्च र खाजाको व्यवस्था आयोजकले गरेको थियो ।
पर्वतका भाषाविद् तथा साहित्यका विषयविज्ञ कृष्णराज पौडेल ,वागलुङका नारायण प्रसाद ढकाल र म्याग्दीका रेखा कौशल रेग्मीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा सरल कवि शान्तिनारायण श्रेष्ठ, साहित्य संगमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प, पत्रकार महासंग पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, प्रगतीशिल लेखक संघका केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल, कु।न।पा। वार्ड नम्वर ६ का वार्ड अध्यक्ष रुद्र गिरी, वार्ड नम्वर ७ का सुवासचन्द्र पौडेल, वार्ड नम्वर ११ का शिव शर्मा पौडेल, संगमका आजीवन सदस्य तथा कार्यसमितीका पदाधिकारी तथा प्रतियोगी विधालयका प्रतिनिधी शिक्षक संगै साहित्यप्रेमीहरु संगमका उपाध्यक्ष डि.आर शर्मा, सदस्य निर्मल पौडेल एन।पि।घायल,सदस्य दिपसागर पौडेल, लगायतको उपस्थीति रहेको थियो भने कार्यक्रममा निर्णायकमा रहनेलाई सम्मान गरिएको थियो ।
पर्वत साहित्य संगमका अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संगमका सचिव खेमराज शर्मा चापागाईले गरेका थिए ।