Sorry, that menu does not exist.
 

एशियन लाईफ ईन्स्योरेन्सव्दारा मृत्यु दाबी रकम भुक्तानी !

रामकृष्ण कंडेल, वामीटक्सार २०७६ पुस ४। गुल्मी चन्द्रकोट गॉउपालिका मजुवा बस्दै आएकी पबित्रा अधिकारीलाई मृत्यु दाबी भुक्तानी स्वरूप कम्पनीको तर्फ बाट रू १ लाख ४४ हजार ७ सयको नगद चेक हस्तान्तरण गरिएको छ। एशियन लाईफ ईन्स्योरेन्स कम्पनीबाट केहि बर्ष अगाडि छोरा पवन अधिकारीले बिमा गरेका थिए। स्कुलबाट घर तर्फ फर्किरहेको अवस्थामा दुर्भाग्यबस बाटोमा अरिंगालले टोकी पवनको उपचारको क्रममा निधन भएको थियो।

उक्त रकम हस्तान्तरण कार्यक्रममा एशियन लाईफ ईन्स्योरेन्स पाल्पा शाखा प्रमुख ध्रुबराज ढुंगाना, गुल्मी उप शाखा प्रमुख राजन के सी, मृतकको प्रस्ताबकको घरमै पुगी रकम हस्तान्तरण गरेका हुन् । एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको यस कार्यलाई यस क्षेत्रमा निकै प्रशंसा गरिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !