केहर सिंह राना, वामी टक्सार गुल्मी २०७६ पुस ४ । रुद्रावती बहुमुखी क्याम्पस मुनपा ७ गुल्मीमा शुक्रबारीय spelling contest कार्यक्रम सम्पन्न भएको छ ।
उप–प्राध्यापक बुद्धी प्रसाद शर्माको सभापतित्वमा सन्चालीत कार्यक्रम बिएड तथा बिबिएस प्रथम, दोस्रो, तेस्रो र चौथो बर्षका ३–३ जनाको विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।
उक्त spelling contest कार्यक्रममा बिएड चौथो बर्षका विद्यार्थीहरु प्रथम, बिएड दोस्रो बर्षका विद्यार्थीहरु व्दितिय, विविएस प्रथम बर्षका विद्यार्थीहरु तृतिय भएका थिए ।
कार्यक्रममा सभापति उप–प्राध्यापक तथा शिक्षक बुद्धि प्रसाद शर्माले शुक्रबार स्तरीय कार्यक्रममा विद्यार्थीहरुलाई हेराइको आधारमा मुल्याङकन नगरेर विद्यार्थीको बौद्धिक क्षमताको आधारमा विद्यार्थीको मुल्याङकन गर्नुपर्ने बताए । क्याम्पसमा हरेक शुक्रबार विभिन्न बौद्धिक कार्यक्रमहरु सन्चालन हुदै आइरहेको पनि शर्माले जानकारी दिए ।
उक्त कार्यक्रमा क्याम्पस प्रमुख तथा अन्य उप–प्रध्यापकहरुको विशेष सहभागीता रहेको थियो । कार्यक्रम उप–प्रध्यापक तथा शिक्षक हेमन्त घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो।