Sorry, that menu does not exist.
 

बागलुङको धौलागिरी तथा स्यांजाको आँधिखोला दुई लघुुवित्त संस्थाहरु एकीकृत !

बागलुङ २०७६ पुस ५ । बागलुुङ र स्याङ्जा दुुई लभुुवित्त संस्थाहरु एकीकृत भएका छन् । बागलुुङको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्याङजा स्थित आँधिखोला लघुवित्त वित्तीय वित्तीय संस्था एकीकृत भएका हुन । दुवै संस्थाले आगामी बैशाखदेखि एकीकृत रुपमा सेवा प्रदान गर्ने छन् । दुई संस्था एकीकृत भए पनि धौलागिरी आँधिखोला लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सहमती भएको छ । धौलागिरी आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडदेखि वैशाक १ गते देखि कारोवार सुुरु गर्ने मर्जर संयोजक हरिप्रसाद शर्माले जानकारी दिए ।

धौलागिरीका ३६ वटा, आधिखोलाका १९ वटा शाखा कार्यालय रहेको छ । मर्ज पछि संस्थाको कुल चुक्ता पुँजी १७ करोड रहेको छ । त्यस्तै संस्थाले २०७७ असार मसान्त सम्ममा ४० करोड चुक्ता पुँजी पु¥याउने लक्ष्य लिएको छ ।

२०७३ फागुन १ गतेबाट १० जिल्ला कार्यक्षेत्र भई कारोबार संचालन गरेको आँधिखोला लघुवित्त वित्तीय संस्था लि र २०५७ सालबाट गैरसरकारी संस्था मार्फत लघुवित्त कारोबार संचालन गरी २०७५ माघ २८ देखी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड दुबै संस्थाका मर्जर समितीका सदस्य तथा बैंकका पदाधिकारीहरुको रोहबरमा सहमती पत्रमा हस्ताक्षर भएको थियो ।

धौलागिरी आधिखोला लघुवित्त वित्तीय संस्था लिमीटेड मर्जर पश्चात ५५ शाखा कायम रहने छ । हाल धौलागिरीले ३६ शाखा मार्फत २८ हजार सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

हाल धौलागिरी लघुुवित्त वित्तिय संस्थाको ७२ करोड कर्जा लगानी र ४७ करोड बचत रहेको छ । हाल आधिँखोला लघुुवित्त वित्तिय संस्थाकोे १९ शाखा मार्फत १६ हजार सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ । हाल आधिखोला लघुुवित्त वित्तिय संस्थाकोे ७३ करोड कर्जा लगानी र २६ करोड बचत रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !