बागलुङ २०७६ पुस ५ । नेपाल सरकारका सचिव मोहनकृष्ण शर्मा सापकोटाले हामी अहिले सक्रमणकालीन अवस्थामा छौ यस्तो अवस्था हाम्रा भावी सन्ततीले व्यहोर्न नपरोस भनी बताएका छन् । सचिव सापकोटाले आज बागलुङ सदरमुकाममा ‘टीकाराम सापकोटा व्यक्तित्व र योगदान’ प्रकाशन समितिले आयोजना गरेको कार्यक्रममा ‘टीकाराम सापकोटा व्यक्तित्व र योगदान’ नामक कृतिको विमोचन गर्दै यस्तो बताएका हुन् ।
सचिव सापकोटाले समाजसेवी तथा राजनीति ब्यक्तित्व टीकाराम असल र उदाहरणीय ब्यक्तित्व भएकाले पुस्तक प्रकाशन हुनु सकारात्मक पक्ष भएको धारणा ब्यक्त गरे । सचिव सापकोटाले समाजमा सकरात्मक काम गर्नेहरुको योगदानको सदैव उच्च मुल्यांकन गर्नुपर्नेमा जोड दिए ।
विमोचन कार्यक्रममा सो कृति बारे समीक्षा (धौलागिरि बहुमुखी क्याम्पसका सह प्रध्यापक हरिप्रसाद पाण्डे र टिप्पणी उप प्रध्यापक प्रकाश सापकोटाले गरेका थिए ।
बिमोचन कार्यक्रममा प्रदेश सांसद ईन्द्रलाल सापकोटा, तेज रत्न स्मृति पुरस्कार संस्थानका संस्थापक अध्यक्ष लालचन्द्र राजभण्डारी, समाजसेवी देबबहादुर श्रेष्ठ, बागलुङ नगर खानेपानी संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ सापकोटा कल्याण केन्द्रका सल्लाहकार कृष्णलाल सापकोटा बागलुङ नगरपालिका वडा २ का वडा अध्यक्ष जीवन आचार्य अधिबक्ता ममतादेवी शर्मा सापकोटा समाजका केन्द्रीय महासचिव गोबिन्द प्रसाद सापकोटा सापकोटा समाज गण्डकी प्रदेशका अध्यक्ष बुद्धि सागर सापकोटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुख हिमाल प्रसाद शर्मा पुस्तकका भाषा सम्पादक नारायण प्रसाद गौतम हरिप्रसाद सापकोटा ऋषि सापकोटा लगायतका बक्ताहरूले टीकाराम सापकोटाले गरेको योगदान बारे चर्चा गरेका थिए ।
पुस्तक प्रकाशन समितिका संयोजक कविन्द्र सापकोटाको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा बोल्दै समाजसेवी टीकाराम सापकोटा भावविव्हल हुँदै आफ्ना कुराहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन सचिव कृष्णराज शर्माले गरेका थिए । पुस्तकमा विभिन्न क्षेत्रका ६८ जनाको लेख समावेस गरिएको छ ।
तस्वीर सौजन्य: पोषक सापकोटा ।