Sorry, that menu does not exist.
 

नेपाल राहत शिक्षकको दोस्रो गुल्मी जिल्ला अधिबेशन सम्पन्न !

रामकृस्ण कंडेल, गुल्मी २०७६ पुस ५ । नेपाल राहत शिक्षकको दोस्रो गुल्मी जिल्ला अधिबेशन सदरमुकाम तम्घासमा सम्पन्न भएको छ। अधिबेशनका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले सामुदायिक बिधालयमा राहत शिक्षकहरूको भुमिका महत्वपूर्ण रहेको भन्दै सरकारले राहत शिक्षकहरूलाई प्रकृया पुर्याएर तत्काल स्थायी गर्नु पर्ने कुरामा जोड दिएका थिए।

अधिबेशनमा केन्द्रिय महासचिब कुमार बजागाई, उप महासचिब डम्बर राई,नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष रोहित भन्डारी, नेपाल रास्ट्रिय शिक्षक संगठन गुल्मीका अध्यक्ष ज्ञानहरी सापकोटा,नेपाल शिक्षक संघ गुल्मी सचिब खिम बहादुर थापा,एकिकृत अखिल नेपाल शिक्षक संगठनका गुल्मी अध्यक्ष राजु गौतम,नेपाल राहत शिक्षक अर्घाखॉचीका अध्यक्ष शिब कुवर,लगायतले अधिबेशन सफलताको लागि शुभ कामना मन्तब्य राखेका थिए।

सदरमुकाम तम्घासको बालमन्दिरमा सम्पन्न भएको अधिवेशनले इन्द्र बहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गर्दै सकिएको छ। जसको वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, उपाध्यक्ष सुरेन्द्र नेपाली, महिला उपाध्यक्ष सिता ज्ञवाली तथा बिष्णु भण्डारी रहेका छन् । सचिवमा कृष्ण प्रसाद मरासीनी, सह–सचिव कुष्मा कुवँर र रामप्रसाद आर्चाय चयन भएका छन् भने कोषाध्यक्ष केशर बहादुर केसी चयन भएका छन् ।

सदस्यहरुमा प्रदिप जिसि, जीवन मरासीनी, राम बहादुर खत्री, डासिराम ज्ञवाली, कमल ताम्राकार, चिन्तामणी चालिसे, शङकर महतरा, अशोक कुमार जिसि र बिष्णु बहादुर राना चयन भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !