कोपीला कंडेल, बिहुँ २०७६ पुस ५ । भिमसेन माध्यमिक बिद्यालय बिहुंले आफ्नो ३९ औ बार्षिकोत्सव बिभिन्न पाच दिवसीय कार्यक्रमका साथ मनाएको छ ।
बार्षिकोत्सवको मुल समारोहको उद्घाटन काठेखोला गाउंपालिकाका अध्यक्ष अमर बहादुर थापाले गर्दै सामुदायिक बिद्यालयमा राज्यको लगानी अनुुसारको प्रतिफल आउनुपर्ने बताए । बैज्ञानिक र व्याव्हारिक शिक्षाले मात्र बालबालिकाको जिवन बदल्न सक्ने चर्चा गर्दै उनले अवको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । शैक्षिक विकासका लागि भिमसेन माबिले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको चर्र्चा गर्दै अध्यक्ष थापाले, बिद्यालयमा हुने पुर्वाधार बिकासका लागि सदैव गाउंपालिकाको साथ रहने पनि बताए । गुणस्तरिय शिक्षाको लागि शिक्षक अभिभावक र बिद्यार्थी सबैैले समान भुमिका निभाउनुपर्ने थापाको भनाई थियो । उनले बिद्यालयलाई अपांङ्ग र प्रविधिमैत्री बनाउनका लागि आफ्नो तर्फ बाट कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाए ।
त्यसैगरी गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम बहादुर बिकले भिमसेन मा.बि लाई पर्यटकीय हबकोे रुपमा बिकास गर्नुपर्ने बताए ।
सो अवसरमा बिद्यालयका पुर्व प्र्रधानाध्यापक टिकाराम साप्कोटा, काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेल वडा नम्वर १ का अध्यक्ष खडक बहादुर थापा श्रोत व्याक्ति रामानन्द कंडेल बिद्यालय संस्थापक परिवार बाट दिल बहादुर कार्की बृहस्पति कंडेल ,पुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर खड्का बिद्यालयका पुर्व शिक्षक शिवलाल कंडेल जनकल्याण आाधारभुत माबिका प्रअ बद्री बहादुर भण्डारी कर्लिम आधारभुत बिद्यालयका गोबिन्द प्रसाद कंडेल पत्रकार महासघंं बागलुङ्गका सल्लाहकार कोपीला कंडेल संस्थापक एबं चन्दादाता शालिग्राम कंडेल र बिद्यार्थी दिपिका कुवर र रामचन्द्र कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बिद्यालयका शिक्षक धन प्रसाद पुन र भिम पौडेल लगायतले शैक्षिक सृजना वाचन गरेका थिए ।
सो अवसरमा कर्लिम आधारभुत माबिका प्रधानाध्यापक गोबिन्द प्रसाद कंडेलले शैक्षिक उन्नति प्रगतिका लागि अक्षय कोष स्थापनाका लागि भन्दै रु ५० हजार नगर बिद्यालयका प्रधानाध्यापक रघुनाथ कंडेललाई हस्तान्तरण गरेका थिए ।
बिद्यालयको आर्थिक एबं प्रगति प्रतिबेदन प्रधानाध्यापक रघुनाथ कंडेलले प्रस्तुत गरेका थिए ।
सो अवसरमा कंडेल नरिश्वर गम्भिरा अक्षय कोष बाट शिक्षक दयाराम पौडेल र अभिभावक रम्बा देबी थापालाई सम्मान गरिएको थियो ।
त्यसैगरी भिमसेन प्राबिका प्रधानाध्यापक मान बहादुर केसीले आफ्ना स्वर्गिय पिताको नाममा स्थापना गरेको दिप बहादुर छात्रवृति अक्षय कोषबाट धारा माबि तंग्रामका प्र्र.अ मित्रदत्त ढकाल र खोलातिर माबिका बिद्यालय ब्यवस्थापन अध्यक्ष नारायण दक्त कंडेललाई प्रदान गरिएको थियो ।
त्यसैगरी बिद्यालयका शिक्षक सुवास कंडेलले स्थापना गरेको जगपति स्मृति अक्षय कोष बाट गणित बिज्ञान संकाय तर्फ उल्लेखनिय योगदान गरेको भन्दै बिद्यालयका प्रधानाध्यापक रघुनाथ कंडेललाई सम्मान गरिएको थियो ।
त्यसैगरी गत माध्यमिक शिक्षा परिक्षा ( एसईई) मा उत्कृष्ट अंक ल्याउने छात्र सन्देस कंडेल र समिक्षा कंडेललाई नगद सहित सम्मान गरिएको प्र्रधानाध्यापक रघुनाथ कंडेलले जानकारी दिए ।
पाच दिवसीय कार्यक्रम अन्र्तगत पहिलो दिन पुष १ गते भलिबल लगायत बिभिन्न खेलकुद प्रतियोगिता, २ गते हाजिर जवाफ ३ गते संति नृत्य प्रतियोगित ४ गते पुरस्कार वितरण र पाचगते सनिबार मुल समारोहको आयोजना गरिएको बिद्यालयका शिक्षक बालकृष्ण कंडेलले जानकारी दिए ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता शिक्षक बालकृष्ण कंडेलको स्वागत मन्तव्य र शिक्षक नारायण प्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो ।
बिद्यालयमा हाल ४ सय बिद्यार्थी संख्या रहेको छ ।