Sorry, that menu does not exist.
 

आगामी जनवरी १० तारिखका दिन टोक्योमा हुने तेस्रो अनेसास च्याप्टर सम्मेलनको तयारी पुरा !

बेलुकाजी थापा, जापान २०७६ पुस ६ । तेस्रो अनेसास च्याप्टर सम्मेलन जापानमा संसारभरी छरिएका नेपाली साहित्यकारहरुको आधिकारिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )ले आफ्नो तेस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन जापानमा गर्ने भएको छ । सन् २०२० को जनवरी १० तारिखदेखि १२ सम्म राजधानी टोक्योमा हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको अनेसास जापानका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक दीप पाठकले जनाएका छन् । सम्मेलनको उदघाटन शत्र ११ तारिख शनिबार बिहान १० बजे हुनेछ । सम्मेलनमा केन्द्रीय कार्य समिति सदस्यहरु, बोर्ड अफ ट्रस्टीहरु उपस्थित हुनेछन् । त्यसैगरि संसारभरी छरिएर रहेका दर्जनौ च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ । ‘संसारभरि छरिएर रहेका च्याप्टरका निर्वाचित सदस्य र केन्द्रीय प्रतिनिधिहरुबीच नजिकको सम्बन्ध बनाउन यस्तो सम्मेलन गरिन्छ ।‘

अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे भन्छन्, ‘मातृभूमिबाट टाढा रहेर पनि नेपाली साहित्यको प्रवद्र्धनमा लागिरहेका सयौं साहित्यकारहरुबीच सिर्जनाको गुणस्तर र हाम्रो साहित्यको अन्तर्राष्ट्रियकरणलाई पनि यस्ता कार्यक्रमहरुले मलजल गर्न मद्दत गर्दै आएको छ ।
सम्मेलनमा नेपाल, बेलायत, अस्ट्रेलिया, पोर्चुगल, कोरिया, इजरायल, कतार, जापान र अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका झण्डै सय साहित्यकारहरुको उपस्थिति हुने जनाइएको छ ।

प्रत्येक दुई वर्षमा हुने यस्तो सम्मलेन सन् २०१६ बाट सुरु गरिएको थियो । अघिल्लो पटक च्याप्टर सम्मेलन अमेरिकाको न्यु ह्यामशायरमा भएको थियो । ‘विदेशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्नु आफैमा निकै गाह्रो काम हो । तर यसअघिका अनुभवले हामीलाई साहित्यमा गर्नुपर्ने धेरै बाँकी रहेको बोध गराएको छ ।‘ संस्थाका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ुमाइलाु भन्छन्, ‘यस्ता सम्मेलनमा उठेका विषयकै कारण नेपाली साहित्यलाई अंग्रेजीलगायतका भाषामा अनुवाद गर्न थालेका छौं । टोक्यो सम्मेलनले पनि केही महत्वपूर्ण घोषणा गर्नेछ । साहित्यकै लागि साथीभाइहरु रातोदिन खटेका छन् । परदेशमा यो निकै ठूलो त्याग हो ।‘ सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने, सन्स्थाको आन्तरिक छलफल गर्ने, बिभिन्न बिसयमा सामुहिक बहस गर्ने र टोक्यो घोषणापत्र जारी गर्ने तयारी रहेको केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले बताए ।

सम्मेलन केन्द्रीय कार्य समितीको आयोजना र जापान च्याप्टरको व्यबस्थापन र संयोजन रहेको छ । हालै मात्र जापान च्याप्टरले गजलकार गिरिजा गैह्रेको नेतृत्त्वमा नया कार्यसमिती चुनिए पछी च्याप्टरमा झनै सकृयता देखिएको छ । नवनिर्वाचित अध्यक्ष गैह्रे सम्मेलनका सह-संयोजक हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !