Sorry, that menu does not exist.
 

बुर्तिबाङमा शनिबारदेखि सुरु भएको दुई दिने नि:शुल्क शिविरमा ३१९ सेवाग्राही लाभान्वित !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ पुस ६ । बुर्तिबाङमा शनिबारदेखि सुरु भएको दुई दिने निशुल्क शारीरिक अपांगता शिविर आज सम्पन्न भएको छ । अपाँगता भएका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शिविरबाट ३ सय १९ जना नागरिकले सेवा लिएका छन् ।

फेयरमेड फाउन्डेशन नेपाल, भिमपोखरा युवाक्लव बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजना, आइएनएफ हरियो खर्क अस्पत्ताल र आसिआरसिको समन्वयमा अपांगता भएका नागरिकहरुका लागि शिविरको आयोजना गरिएको थियो ।

शिविरमा पक्षघात भएका २० जना, हात वा खुट्टा नभएका ४० जना, हातघुँडा बाँगो भएको , नचल्ने, छोटो, पैतला फर्किएको, खुट्टामा राखिएको रड नझिएको र जन्मजात अवस्थामा हुने प्यारालाईसिस, आँेठ फाटेको्, न्युन पोषणका कारण शरीर नचल्ने अवस्था जस्ता समस्या भएका विरामिको चेकजाँच सँगै अधिकाँशको सिविरका क्रममा उपचार सफल भएको र बाँकि हातखुट्टा नभएकालाई कृर्तिम हातखुट्टा राख्नुपर्ने भएका कारण हरियोखर्क हस्पत्ताल रेफर गरिने बताइएको छ । त्यस्तै सर्जरी गर्नुपर्ने अवस्था रहेकाहरुलाई समेत हरियोखर्कमा पुर्याईने फेयरमेड फाउन्डेशन नेपालका सुपरभाइजर गणेश बरुवालले बताए ।

हरियोखर्क अस्पत्तलामा निशुल्क रुपमा उपचार एवम कृत्रिम हातखुट्टा राख्नका निम्ती एकल महिला, भुकम्प पीडित, व्दन्द पीडित र १८ बर्ष मुनिका बालबालिकालाई निशुल्क उपचारको प्रवन्ध गरिने भएको छ । त्यसका निम्ती फेयरमेड फाउन्डेशन नेपाल, भिमपोखरा युवाक्लव बागलुङ र आईसिआरसीले सम्मोन्य गर्ने बरुवालले बताए ।

शिविरमा सहभागि मध्ये अधिकाँश शिविरमा उपचार सम्भव हुनेका लागि बैसाखी लठ्ठि, सँकल फुड , जुत्ता तथा औषधि समेत उपलब्ध गराईएको थियो ।

शनिबारबाट सुरुभएको शिविरमा निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका तथा बागलुङ नगरपालिकाका २ जना समेत गरी पहिलो दिन १ सय ८६ र दोश्रो दिन १ सय ३३ जनाले प्राविधिक टिमसँग स्वास्थ्य परामर्स तथा सेवा लिएका थिए ।

शिविरमा आइएनएफ पोखराबाट सर्जन सहितको चिकित्सक टोली र आसिआरसिबाट प्राविधि टोली गरि १० जनाको टिम शिविरमा खटिएको थियो भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरुले समेत सिविरलाई सफल पार्न महत्वपूर्ण सहयोग गरेको आयोजकले बताएको छ ।

उक्त शिविर पुस ७ गते सोमबार बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकालाई लक्षित गरि गल्कोट हटिया स्थित हटिया स्वास्थ्य चौकीको नयाँ भवनमा आयोजना हुने भएको छ ।
तस्वीर सौजन्य : घनश्याम सापकोटा, स्वास्थ्य कार्यालय, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !