Sorry, that menu does not exist.
 

कुस्मीसेरामा संचालित १० दिने लोकसेवा आयोग तयारी कक्षा उपलव्धीमूलक : सहभागी

सन्ध्या आचार्य, कुस्मीसेरा २०७६ पुस ७ । जैमिनी नगरपालिका १ कुस्मीसेरा बजारमा १० दिने लोकसेवा आयोग तयारी कक्षा आईतबार सम्पन्न भएको छ । मंसिर २७ गतेबाट शुरु भएको तयारी कक्षा जैमिनी नगरपालिकाको आयोजना र हेमन्त मल्टि एजुकेशनल सर्भिस प्रालि वागलुङको व्यवस्थापन तथा संयोजनमा भएको हो ।

जैमिनी नगरपालिका १ कुस्मीसेरा वडा कार्यलयमा भएको तालिममा नगरपालिकाका प्रत्येक वडाका ३३ जना र अन्य गरी ३३ जनाको सहभागिता रहेको थियो । गत साल पनि नगरपालिकाले लोकसेवा आयोग तयारी कक्षा संचालन गरेको थियो ।

तालिमको नगर प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा , लेखा अधिकृत सुर्यवहादुर विक , कार्यक्रम अधिकृत भेषराज शर्मा, हेमन्त मल्टि एजुकेशनल सर्भिस प्रालिका प्रेमप्रसाद शर्माले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमका अध्यक्ष एवं नगरउपप्रमुख लिला रानाले कुनै न कुनै तरिकाले देशलाई तथा नगरपालिकालाई सेवा दिने लक्ष्य लिएर अगाडि बढ्न र लक्ष्यमा पुग्न सुझाव दिएका थिए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले केहि समयको मेहनतले लोकसेवा पास गर्न सकिने हुँदा आजबाटै लक्ष्य बनाएर मेहनत साथ पढ्न अनुरोध गर्दै निरन्तरको प्रयासबाट मात्र लक्ष्यमा पुगिने र एउटा मात्र बाटो बनाएर अगाडि बढ्न आग्रह गरे ।

समापन कार्यक्रममा बोल्दै सहभागीले तयारी कक्षा निकै उपलव्धिमूलक भएको धारणा राखेका थिए । सोहि क्रममा तयारी कक्षामा सहभागी कार्यपालिका सदस्य लक्ष्मी किसानले जनताले जिताउछन् कि ? भनेर सधै आश गर्नु भन्दा लोकसेवा पास गर्नु राम्रो लागेको र यो तयारी कक्षामा सहभागी भएपछि आशा पलाएको बताईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !