Sorry, that menu does not exist.
 

बाँसको लौरो (बैशाखी) टेकेर अपांगता शिविरमा आएका रिघाका राना र सुखौराका सामाले नयाँ बैशाखी पाउँदा… !

सुरेश छन्त्याल, गल्कोट २०७६ पुस ७ । यहि पशुस ५ र ६ गते बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र तथा पुस ७ गते हटिया स्वास्थ्य चौकीमा सन्चालित नि:शुल्क शारीरिक अपंगता शिविरमा ४५३ जना शारीरिक अपांगता भएका, एक महिना देखी १०२ वर्ष उमेर सम्मका नागरिकहरुले सेवा लिएका छन् । उनिहरुलाई शिविर आयोजक संस्था फेयरमेड फाउन्डेशन नेपाल, भिमपोखरा युवाक्लव बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजना, आइएनएफ हरियो खर्क अस्पताल र आसिआरसि बाट कृत्रिम खुट्टाहरु लगायत विभिन्न खाले समाग्री निशुल्क उपलव्ध गराएको छ । शिविरमा उपचारार्थ आएका अपांगता भएकाहरुको अवस्था र जटिलतालाई हेरी अपरेशन वा थप परीक्षण गर्न हरियोखर्क अस्पतालमा रिफर गरिएको पनि जनाएको छ ।

अपांगता भएका नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरमा निःशुल्क रुपमा परामर्श, चेकजाँच सहित आवस्यक सहायता औजारहरु समेत वितरण गरिएको थियो । शारीरिक रुपमा अशक्त भएका नागरिकहरुका लागि कृत्रिम हात, खुट्टा तथा बैशाखी प्रदान गरिएको छ । अन्य विभिन्न कारणले अपौगता भएका नागरिकहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको र शिवरमा स्वास्थ्य कार्यालय बागलुङ, स्थानीय तहले समेत सहयोग गरेका छन् । शिविरबाट हुने सहयोगले अपांगता भएका नागरिकलाई सेवा नपुग्ने भएपछि रिफर गरि आवश्यक ठाउँबाट समेत उनीहरुलाई आवश्यक सेवा पुग्ने गरि कार्यक्रम आयोजना गरिएको परियोजनाका वरिष्ठ सुपरभाइजर गणेश बरुवालले बताए ।

नयाँ बैशाखी पाएपछी रिघाका राना ।
गल्कोट हटियामा सन्चालित निशुल्क शिविरमा गल्कोट नगरपालिकाका बाह्मण क्षेत्री ३६ जना, दलित ३७ जना जनजाति ३४, अन्य ६ जना गरी जम्मा ११३ थिए भने बरेङ गाउपालिकाका ब्राह्मण क्षेत्री ४, दलित ३, जनजाति ६ गरी जम्मा १३ जना र बडीगाड गाउपालिकाबाट ४ जना जनजातिले परीक्षण गराएका थिए ।

नयाँ बैशाखी पाएपछी सुखौराका सामा ।
गल्कोट नगरपालिका ११ रिघा फेँदीका करीब ५५ वर्षका यम राना र बरेङ गाउपालिकाका ५ सुखौराका ६३ वर्षिय दलबहादुर सामाले तीन दशक भन्दा पहिले खुट्टा भाँचिएपछी गाउँघरमा आफैले बनाएको बाँसको बैशाखी टेकेर शिविरमा आएको स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत घनश्याम सापकोटाले जानकारी दिए । उनिहरुले प्रत्यक वर्षमा बाँसको नयाँ बैशाखी बनाउदै जीवन धानी रहेकोमा आज नयाँ बैशाखी पाउँदा निकै खुशी भएको पनि अधिकृत सापकोटाले बताए ।

गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको प्रमुख आतिथ्यतामा शिविरको समापन समारोह सम्पन्न भएको थियो । समापन समारोह गल्कोट नगरपालिका ३ का वडाध्यक्ष वीरजंग भण्डारीको अध्यक्षता रहेको थियो ।

शिविरमा जचाउन आउने अपांगता भएकाहरुले परीक्षण पश्चात निकै पशन्न भएको बताए । उनिहरुले यस्तो शिविर अन्य नगर तथा गाउपालिकाहरुमा समेत सन्चालन गर्नु पर्ने बताएका थिए । अपांगता भएकाहरुलाई टाढा शिविर सन्चालन गर्दा आउन जान समस्या पर्ने भएकाले गाउपालिका लक्षित गरी शिविर आयोजना गर्नुपर्ने सेवाग्राहीले माग गरेका छन् ।

तस्वीर सौजन्य: घनश्याम सापकोटा, स्वास्थ्य कार्यालय बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !