कोपीला कंडेल, बागलुङ २०७६ पुस ११ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले उद्योगधन्दा मार्फत मुलुकमा सम्मृद्धि ल्याउनुपर्ने बताएका छन् । आज देखि बागलुङमा शुरु भएको गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव–२०७६को उद्घाटन पछि बोल्दै अध्यक्ष तिमिल्सिनाले उद्योग सञ्चालन गर्नेको संख्यामा वृद्धि नभए सम्म मुलुकले समृद्धि हासिल नगर्ने भन्दै उद्योग स्थापनका लागि उद्योग वाणिज्य महासंघ लागेमा सरकारले सहयोग गर्ने बताए । उनले तीनै तहले एउटै व्यवसायलाई कर लगाउने प्रवृतिको अन्त्य गर्न पर्नेमा जोड दिए । व्यवसाय गर्न सरकारले निरुत्साहन हैन प्रोत्साहन गर्ने योजनामा रहेको उनको भनाई थियो । उनले मेला महोत्सवको अधिकांश खर्च देश वाहिरने परिस्थितिको अन्त्यका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिदै आयात घटाएर निर्यात बढाउनुपर्ने बताए ।
बागलुङ उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल,उपाध्यक्ष उमेशलाल श्रेष्ठ, गण्डकी प्रदेश सभासदस्य कृष्ण थापा, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाली कांग्रेस सभापती दिपेन्द्र थापा, उद्योग बाणिज्य सघंका अमृत भट्टचन, पूर्व अध्यक्ष, बसन्त कुमार श्रेष्ठ, धौलागिरि क्याम्पस प्रमुख राम प्रसाद उपाध्याय, विराट कुमार श्रेष्ठ प्रदेशका अध्यक्ष संन्जिव कोइराला,सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेल,उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य दिल शुन्दर श्रेष्ठ, नेपाल पत्रकार महसंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका सथए ।
सो अवसरमा साग खेलमा उत्कृष्ट खेल पर्दशन गर्ने ४ जना खेलाडी सहित सघंका लाई सहयोग गर्ने बिभिन्न व्यावसायीलाई सम्मान समेत गरिएको थियो । महोत्सवको मुल समारोह शुरु हुनु अघि बिभिन्न झाकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रम उद्योग बाणिज्य सघं बागलुङका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता तथा स्वागत पुर्व अध्यक्ष जयराम भारी र वर्तमान महासचिव नरेश कंडेलको संचालनमा मुल समारोहको समापन भएको थियो ।
तीनै तहले एउटै व्यवसायलाई कर लगाउने प्रवृत्तिको अन्त्य गरिनु पर्छ – अध्यक्ष तिमिल्सिना
२०७६ पुष ११, शुक्रबार १९:४०
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०