कमल पौडेल, खर्बाङ २०७६ पुस १२ । राष्ट्रिय सहकारी बैंकका संचालक राम बहादुर जिसिले सहकारी विधि र नितिमा चल्नुपर्ने बताएका छन् । बडीगाड गाउँपालिका वडा नं १ र २ का स्थानीय क्रियाशील सहकारीहरुको आयोजनामा खर्बाङमा सुरु भएको सहकारी शिक्षा र सम्पत्ति सुदृढीकरण सम्बन्धि अभिमुखिकरण तालिममा जिसीले सो कुरा बताएका हुन्।
राज्यले बनाएको नियम जान्दिन भन्न नपाईने भन्दै जिसीले कानुनलाई आत्मसात गर्दै सहकारी अभियान अगाडि बढाउनुपर्ने बताए । सहकारी सदस्यलाई भएकोले सदस्यको हित प्रबर्द्धनका साथै सामाजिक विकासमा लाग्नुपर्ने भन्दै जिसिले लगानिलाई उत्पादनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए।
आज शनिवार सम्म चल्ने तालिममा नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था, गिरौंदीखोला लघु जलविद्युत सहकारी संस्था, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र मिलन व्यवसायीक कृषि सहकारी संस्थाका संचालक, लेखा समिति तथा विभिन्न उपसमितिका पदाधिकारी गरि ४० जनाको सहभागीता रहेको छ। तालिमले सहकारी सुदृढीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।