Sorry, that menu does not exist.
 

वामी बिश्व सम्पर्क मन्चको छात्रबृत्ति बितरण कार्यक्रम सम्पन्न !

रामकृष्ण कंडेल, वामीटक्सार २०७६ पुस १२ । वामी बिश्व सम्पर्क मन्चको छात्रबृति बितरण कार्यक्रम सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नं ८,वामी मैदानमा अबस्थित शारदा बिद्यामन्दिर मा बि मा एक कार्यक्रम आयोजना गरि छात्रबृत्ति बितरण गरिएको हो। हरेक बर्ष छात्रबृत्ति बितरण कार्यक्रम आयोजना गर्दै आएको बिश्व सम्पर्क मन्चले यो बर्ष पनि छात्रबृत्ति बितरण गरिएको हो । आज तिन ओटा बिधालयहरू शारदा बिद्यामन्दिर मा बि वामी मैदान, ठुलोखर्क प्रा बि र खड्ग देवी प्रा बि का उत्कृष्ट बिद्यार्थीहरूलाई सम्मान तथा छात्रबृत्ति बितरण शारदा बिद्यामन्दिर मा बि वामी मैदानमा गरिएको हो।

छात्रबृत्ति प्राप्त गर्ने बिद्यार्थीहरूमा शारदा बिद्या मन्दिर मा बि बाट पवन सापकोटा, शिबा रायमाझी, अस्मिता परियार र यश छन्तेल, ठुलोखर्क प्रा बि बाट रेजिना खरेल, सन्जय बि क र बिष्णु क्षेत्री, खड्ग देवी प्रा बि बाट युबराज नेपाली, रबिना नेपाली र सागर नेपाली रहेका थिए।एसईई परीक्षामा उत्कृस्ट पवन सापकोटा लाई पॉच हजार,शिबा रायमाझि रअस्मिता परियारलाई २५।२५ सय र अन्य बिधार्थीहरूलाई २ हजारको दरले बितरण गरिएको थियो।

साबिक वामी गा बि स भित्रका १५ ओटा बिधालयमा अध्ययन गर्ने बिधार्थीहरू मध्येबाट झन्डै ४६जना बिधार्थीलाई एक लाख दुई हजार रकम छात्रबृत्ति स्वरूप बिभिन्न बिधालयहरूमा कार्यक्रम आयोजना गरी बितरण गरिएकोु संस्थाका अध्यक्ष ज्ञानेस्वर काफ्लेले जानकारी दिए।
मन्चका अध्यक्ष काफ्लेले बिगत ०७१देखिनै यस प्रकारको छात्रबृत्ति वामीमा हरेक बर्ष बितरण गरिदै आएको र समाजमा राम्रो सन्देश प्रबाह भएको बताए ।

बिपन्न तथा जेहेन्दार छात्रबृति बितरण कार्यक्रममा वामी बिश्व सम्पर्क मन्चका अध्यक्ष ज्ञानेश्वर काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा,शारदा बिधामन्दिर मा बि वामी मैदानका प्रधानाध्यापक तथा मन्चका पूर्ब अध्यक्ष ज्ञानहरि सापकोटा, नौमति बाजा महोत्सब सुचना तथा सन्चार प्रमुख रामकृस्ण कंडेल, मन्चका सदस्य प्रकाश बराल, ठुलोखर्क प्रा बि का प्रधानाध्यापक बेदप्रसाद खरेल, खडेगदेवी प्रा बि का शिक्षक बिजुला नेपाली, स्थानिय कलाकार कमल बराल, शारदा बिधामन्दिर मा बि वामीका शिक्षक,बिधार्थी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम मन्चका सदस्य प्रकाश बरालको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !