Sorry, that menu does not exist.
 

निरुको उपचारको लागी जापानवाट सहयोग, परिवारद्वारा धन्यवाद व्यक्त !

कमल पौडेल, गुल्मी २०७६ पुस १२ । मुसिकोट नगरपालिका वडा नं. ७ पल्टार (न्वार) की १७ वर्षिय किसोरी निरु रानाको उपचारमा सहयोग गर्ने सहयोगीहरु प्रति परिवारले धन्यवाद व्यक्त गरेको छ । निरु र उनको परिवारको तर्फवाट रेडियो सारथीलाई एक सन्देश पठाउँदै पीडामा मलहम लगाउन सहयोग गर्नेहरु प्रति धन्यवाद र आभार व्यक्त गरिएको छ । निरुको उपचारको लागी मुनपा ७, पल्टार घर भई जापानमा रहने सुन्दर श्रेष्ठको नेतृत्वमा जापानमा कार्यरत नेपालीहरुले ८१ हजार सहयोग गरेका थिए ।

मंसिर १६ गते तोरी पेल्ने मिल चलाइरहेको बेला हातमा लगाएको बाला मिलको नटमा अड्कीए पछि निरुले देव्रेहात गुमाउनुपरेको थियो । महेन्द्र आदर्श मावि वामी टक्सारमा कक्षा ११ मा अध्ययन गर्ने निरुलाई उपचारको लागी हेलिकप्टर मार्फत ग्राण्डी हस्पिटल काठमाडौं पुरयाइएको थियो । अहिले उपचार भैरहेको र स्वास्थ्यमा निकै सुधार भएको अस्पतालमै रहेका निरुका मामा विष्णु रानाले जानकारी दिए ।
निम्न सहयोगीहरुले निरुको उपचारमा सहयोग गरेका छन्, नारायण÷सरु राना मुनपा ७, पल्टार १० हजार, कसम राना मुनपा ७ पल्टार १० हजार, श्यामिम मोहमद १० हजार, कृष्ण अर्याल मुनपा ७, न्वार १० हजार, टोप भुजेल बडिगाड २, दगा ५ हजार, मनोज श्रेष्ठ मुनपा ७ उपल्लो वजार ५ हजार, यम बहादुर खड्का गल्कोट ५ हजार, सुदर श्रेष्ठ मुनपा ७ उपल्लो वजार ५ हजार, होम छन्त्याल बडिगाड १, वेतनी ३ हजार, होम थापा बोवाङ ३ हजार, बलाराम वानिया म्याग्दी २ हजार, होमनाथ पुरी पर्वत २ हजार, चित्र बहादुर थापा मुनपा ७, टोड्के २ हजार, दिपेन्द्र श्रेष्ठ भिमगिठे २ हजार, जित बहादुर खत्री म्याग्दी २ हजार, भिम बहादुर राना बडीगाड ८, पुरानो गाउँ बागलुङ २ हजार, १ हजार सहयोग प्रदान गर्नेहरुमा कृष्ण प्रधान रुपन्देही वासगढी दिपक आचार्य तम्घास, ज्वारी प्रधान मुनपा ७, उपल्लो वजार र विनोद वानिया गोर्खा रहेका छन् ।

तोरी पेल्दा १८ वर्षिया निरुको हात चुँडियो : हात जोडिने आशाले हेलिकप्टरमा काठमाडौ लगिदै !
मिलमा तोरी पेल्दा हात चुँडिएकी निरुको ग्राण्डी अस्पतालमा उपचार हुँदै !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !